नेपालीहरुको अवस्था बुझ्न प्रधानमन्त्री ओलीद्वारा साइप्रशका राष्ट्रपतिसँग टेलिफोनमा कुराकानी | Khabarhub Khabarhub

नेपालीहरुको अवस्था बुझ्न प्रधानमन्त्री ओलीद्वारा साइप्रशका राष्ट्रपतिसँग टेलिफोनमा कुराकानी


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका विद्यार्थी र विभिन्न पेशामा संलग्न नेपालीको अवस्थाबारे बुझ्ने क्रममा बुधबार साइप्रसका राष्ट्रपति निकोस अनानस्टासियादेससँग टेलिफोन संवाद गरेका छन् ।

सो क्रममा प्रधानमन्त्री ओलीले त्यहाँका नेपालीका बारेमा चासो राखेका थिए । जवाफमा राष्ट्रपति निकोसले उपयुक्त हेरविचार भइरहेको र कुनै अप्ठेरो पर्न नदिने प्रतिबद्धता जनाएका प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमण रोक्न गरिएको लकडाउनका कारण त्यहाँ अलपत्र परेका नेपालीको अवस्था र उनीहरुको व्यवस्थापनका लागि गरिएको प्रयासबारे बुझ्न प्रधानमन्त्री ओलीले विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरुसँग टेलिफोन मार्फत वार्ता गर्दै आएका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ५ : ४० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन