लकडाउनका बेला घरघरमै निःशुल्क स्वास्थ्य सेवा | Khabarhub Khabarhub

लकडाउनका बेला घरघरमै निःशुल्क स्वास्थ्य सेवा


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चौतारा– सिन्धुपाल्चोकको स्थानीय तहहरु घरघरमा पुगी निःशुल्क स्वास्थ्य सेवा तथा औषधि वितरण गरिरहेका छन् । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गाउँगाउँमा स्वास्थ टोली परिचालन गरेको छ । हेलम्बु गाउँपालिकाभित्रका ३९ स्थानमा जम्मा ३०५ श्ययाको क्वारेन्टाइन तयारी अवस्थामा राखेको यस गाउँपालिकले जनताको गाउँबस्तीमै पुगेर घुम्ती स्वास्थ्य सेवासमेत प्रदान गर्दै आएको जनाएको छ ।

कोरोनाको सङ्क्रमणका कारण सरकारले लकडाउन गरेलगत्तै बाहिरबाट हेलम्बु प्रवेश गर्ने हरेक व्यक्तिको हेलम्बु प्रवेशविन्दुमै जाँचको प्रबन्ध मिलाएको हेलम्बुले अहिले काठमाडौंलगायत विभिन्न अस्पतालमा उपचार गरी फर्केका व्यक्तिलाई समेत अनिवार्यरूपमा क्वारेन्टाइनमा राख्ने प्रबन्ध मिलाएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए ।

अध्यक्ष शेर्पाका अनुसार विभिन्न अस्पतालबाट फर्केका मानिसमा अनेक रोगका सङ्क्रमण हुनसक्ने र त्यस्ता सङ्क्रमण गाउँबस्तीमा फैलन सक्ने हुँदा आम नागरिकको स्वास्थ्यको ख्याल गर्दै यस्तो तयारी गरिएको हो । हेलम्बु मात्र नभइ हरेक स्थानीय तहले यस्तो व्यवस्थापन गर्नुपर्ने अध्यक्ष शेर्पाको जोड छ ।

स्थानीय तहमा उपलब्ध स्वास्थ्यकर्मीका अलावा अन्य स्थानीय दुई चिकित्सकलाई गाउँपालिकामा नागरिकको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण तथा आवश्यक सल्लाह सुझाव, सामग्री उपलब्ध गराउने कार्यमा अध्यक्ष शेर्पा आफैँ लागेका छन् भने उपाध्यक्षलगायत सबै जनप्रतिनिधि जनताको स्वास्थका लागी सक्रिय भएर लागिरहेका छन् । हेलम्बुका हरेक गाउँबस्तीका नागरिकको घरमै पुगेका शेर्पा भन्छन्, ‘गाउँपालिकाभित्रका कुनै पनि बिरामी अहिलेको अवस्थामा उपचारका लागि काठमाडौं लानु नपर्ने गरी काम गरिरहेका छौँ ।’ सरकारले निःशुल्क वितरण गर्दै आएको बाहेकका औषधिसमेत हेलम्बु गाउँपालिकाले निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

यसैबीच मेलम्ची नगरपालिका ईन्द्रवती गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाले पनि नागरिकको घरघरमा पुगेर स्वास्थय जाँच गरिरहेको छ । पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले वडावडाबाट दीर्घरोगीको विवरण लिने क्रम सकिएको र अब औषधि खरिद गरी वडामार्फत घरघरमा पुर्‍याइने जानकारी दिए । मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले यसअघि नै दीर्घरोगीलाई औषधि वितरण गरिरहेको र थाहा नभएकालाई सूचना जारी गरी वडामार्फत विवरण सङ्कलन गरिरहेको जानकारी दिए ।

यता ईन्द्रवती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले गाउँगाउँमा पुगी स्वास्थ्य जाँच गरी औषधि वितरण गरिरहेको बताए । साथै उनले अक्सिजनलगायत अत्यावश्यक औषधि गाउँपालिकाको स्वास्थ्य केन्द्रका मौज्दात राखेको पनि जानकारी दिए ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ३ : १६ बजे

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीले लिए शपथ

काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले पद तथा

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र

एकै वर्षमा चार लाख २६ हजार पर्यटकले मुस्ताङ घुमे

म्याग्दी – पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार

पार्किङ गरिएको जहाज भित्रै भेटियो एक किलो सुन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरिएको जहाज भित्र नै

नदी कटानका कारण साँघुरिँदै बस्ती

म्याग्दी । म्याग्दी नदीको कटानका कारण बगरफाँट गाउँ साँघुरिँदै गएको