र्‍यापिड टेस्टको नतिजा पोजेटिभ आएपछि थुनामा राख्न ल्याइएका व्यक्ति आइसोलेसनमा भर्ना « Khabarhub

र्‍यापिड टेस्टको नतिजा पोजेटिभ आएपछि थुनामा राख्न ल्याइएका व्यक्ति आइसोलेसनमा भर्ना


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज– ज्यान मार्ने उद्योग (प्रयास) गरेको आरोपमा पक्राउ परेका व्यक्तिको र्‍यापिड परीक्षण गर्दा कोरोना संक्रमणको संकेत (एन्टिबडी) पोजेटिभ देखिएपछि उनलाई थुनामा नराखी आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–४ भुतहीका सोगवीर रामको कान काटेको अभियोगमा पक्राउ परेका आरोपितको र्‍यापिड टेस्ट (आरडीटी) गर्ने क्रममा कोरोना संक्रमणको संकेत देखिएको हो ।

आरडीटीका क्रममा एन्टिबडी पोजेटिभ देखिएपछि उनलाई थुनामा नराखी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा राखिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले बताए । आरोपित घाइते सोगवीरका भिनाजु हुन् ।

सप्तरीको चनही मल्हनिया घर भई ससुरालीमा घरज्वाइँ बस्दै आएका आरोपित र उनका साला सोगवीरबीच जमिनको विषयमा विवाद रहेको छ । कदमको रुख काट्ने विषयमा सोमबार विवाद हुँदा धारिलो हतियारले सालाको कान छिनिएको हो । आरोपितले घाँटी ताकेर प्रहार गरेको खुकरी छल्दा कान काटिएको घाइतेले बताए ।

छिनिएको कान लिएर उपचारका लागि घाइते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुगेको घाइतेका दाजु रघुवीर रामले बताए ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा दासले आरडीटी पोजेटिभ देखिएका आरोपित ४८ वर्षीय पुरुषको स्वाब परीक्षणका लागि बुधबार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइने बताए ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  १ : ४५ बजे

कोरोना सङ्क्रमणबाट मृत्यु हुनेमध्ये ७५ प्रतिशत खोप नलगाएका

काठमाडौँ– कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुने अधिका‌ंश खोप नलगाएका रहेको

मतदाता नामावलीमा दाबी बिरोधका लागि आयोगले दियो समय

काठमाडौं– मंसिर ४ गतेका लागि तय भएको निर्वाचन कार्यक्रमका लागि

देशका अधिकांश स्थानमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । पश्चिमी वायुको प्रभावले देशभर भारी वर्षा भइरहेको छ

युवा सङ्घमा ४९१ सदस्यीय केन्द्रीय कमिटी

काठमाडौं । राष्ट्रिय युवा सङ्घ, नेपालले ४९१ सदस्यीय केन्द्रीय कमिटी

विदेशी बैंकमा अवैध कारोबार गरेको आरोपमा एक जना पक्राउ

काठमाडाैँ- विदेशी बैंकमा करोडौँ रकम कारोबार गर्ने एक जनालाई प्रहरीले