घरमै पढ्छन् मुसलमानले नमाज | Khabarhub Khabarhub

घरमै पढ्छन् मुसलमानले नमाज


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- बन्दाबन्दी (लकडाउन)ले मस्जिद बन्द गरिएपछि तनहुँ जिल्लाका मुस्लिमहरुले घरमै नमाज पढ्न थालेका छन् । कोभिड–१९ को जोखिम न्यूनिकरण गर्न लकडाउन गरिएपछि यहाँका मुस्लिम समुदायले घरमै नमाज पढ्न थालेका हुन् ।

व्यास नगरपालिका–४ स्थित दमौली मुस्लिम अन्जुमन कमिटीका सचिव मन्सुर अहमदले लकडाउन भएसँगै मुस्लिम समुदायले घरघरमै नमाज पढ्न थालेको बताए ।

‘सरकारले बन्दाबन्दी लागू गरेसँगै यहाँ रहेको नुरी हन्फी जामे मस्जिद बन्द छ, मुस्लिम समुदायलाई घरमै बसेर नमाज पढ्न भनेका छौँ’, उनले भने, ‘मस्जिदको मूल ढोकामा नै चाबी लगाइएको छ ।’

गत चैत ११ गतेदेखि लकडाउन भएपछि व्यास नगरपालिकाले पनि मस्जिद, मन्दिर, चर्चलगायत भीडभाड हुने स्थानहरू पूर्णरूपमा बन्द गर्न निर्देशन दिएको थियो । सोहीबमोजिम सबैलाई सूचना जारी गरेर मस्जिद बन्द हुने बारे जानकारी गराइएको थियो ।

मस्जिदमा दैनिक पाँच पटक नमाज पढ्ने गरिन्थ्यो । अन्य दिनमा दैनिक २०/२५ जनाले मात्रै मस्जिदमा गएर नमाज पढ्ने गर्दथे भने हरेक शुक्रबार ७०० भन्दा बढीले मस्जिदमा नमाज पढ्ने गर्दथे ।

तनहुँको व्यास नगरपालिकाको दमौली, श्याम्घा, भानु नगरपालिकाको सतिस्वाँरा, शुक्लागण्डकी नगरपालिकाको बेलचौतारालगायतका ठाउँमा मुस्लिम समुदायको बसोबास रहेको मुस्लिम अगुवा एवं सञ्चारकर्मी शेष मोहम्मद हनिफ (गोरा मियाँ) ले जानकारी दिए ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ११ : ४५ बजे

राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित

महोत्तरी– महोत्तरीको मटिहानी–६ स्थित मुस्लिम बस्तीका अग्निपीडित परिवार राहतको प्रतीक्षामा

पोखरामा भोलिदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

गण्डकी– पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता

रुसविरुद्ध युक्रेनले लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको अमेरिकी दाबी

काठमाडौं – युक्रेनले रुसविरुद्ध लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल स्तब्ध

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई हराएको छ ।

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार