२९ दिनमा २३ अर्ब बढीको आयात, निर्यात शून्य | Khabarhub Khabarhub

२९ दिनमा २३ अर्ब बढीको आयात, निर्यात शून्य


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणको रोकथाम गर्ने उद्देश्यले देशभर लकडाउन घोषणा गरेको आइतबार ३० दिन भएको छ ।

लकडाउनमा सीमानाकाहरू बन्द गरिए पनि अत्यावश्यक वस्तुको आयत खुला छ । चैत ११ गतेदेखि वैशाख ९ गतेसम्म देशका विभिन्न नाकाबाट २३ अर्ब रुपैयाँभन्दा बढीको अत्यावश्यक वस्तु आयात भएको भन्सार विभागले जनाएको छ । वैशाख ४ गतेदेखि ९ गतेसम्मको अवधिमामात्रै पनि झण्डै ४ अर्बको सामान आयात भएको छ ।

चैत ११ गते वैशाख ४ गतेसम्म विभिन्न नाकाबाट १९ अर्ब २४ लाख ४६ हजार रुपैंया बराबरको अत्यावश्यक वस्तु आयात भएको थियो ।

लकडाउन अवधिभर तरकारी, फलफूल, पेट्रोलियम पदार्थ, औषधि लगायत अत्यावश्यक सामग्रीमात्र आयात भइरहेको भन्सार विभागका सूचना अधिकारी शिशिर घिमिरेले खबरहबलाई जानकारी दिए ।

‘दैनिक उपभोग्य सामग्री पर्याप्त आयात भइरहेको छ,’ उनले भने, ‘केही मात्रामा व्यावसायिक प्रयोजनका सामाग्री पनि आइरहेका छन् ।’ अत्यावश्यक वस्तुको आयात सहजरूपले भए पनि लकडाउनको अवधिमा निर्यात भने खासै नभएको उनले बताए ।

आयातमा व्यापक कटौती

सामान्य अवस्थामा दैनिक करिब ४ अर्ब रुपैयाँको सामान आयात हुँदै आएको थियो । कारोनो भाइरस संक्रमणको त्रास र लकडाउन पछिको समयमा आयात दैनिक ८० करोडमा खुम्चिएको विभागले जनाएको छ ।

विभागको तथ्यांक हेर्दा वैशाख १ गते २५ करोड १३ लाख ५८ हजार, २ गते १ अर्ब ८१ करोड ४६ लाख, ३ गते ७७ करोड ४७ लाख र ४ गते १ अर्ब ३४ करोड ६७ लाख रुपैयाँ बराबरको उपभोग्य सामग्री आयात भएको छ ।

लकडाउनमा आयात र निर्यात घटेपछि भन्सार राजस्व संकलनमा पनि असर परेको छ । सूचना अधिकारी घिमिरेले भने, ‘राजस्व धेरै तिर्ने वस्तुहरूको आयात ठप्प छ, यसले राजस्व संकलनमा असर पुग्ने देखिएको छ ।’

अत्यावश्यक वस्तु आयात

विभागको तथ्यांकअनुसार चैत ११ गतेदेखि वैशाख ४ गतेसम्म खाना पकाउने एलपी ग्यास २९ हजार ६४७ मेट्रिक टन आयात भएको छ । सोही अवधीमा ७ हजार ६ सय किलोलिटर डिजेल र ४ हजार २६८ किलोलिटर पेट्रोल आयात भएको छ । त्यस्तै ६० हजार ४८३ मेट्रिक टन खाद्यान्न आयात भएको उल्लेख छ ।

विभिन्न तरकारी ३२ हजार ७३७ मेट्रिक टन आयात भएको छ । त्यसैगरी गेडागुडी/दलहन १८ हजार ४५८ मेट्रिक टन आयात भएको विभागले जनाएको छ ।

लकडाउ सुरु भएदेखि फलफूलको आयात ८ हजार ४९७ मेट्रिक टन भएको छ । फलफूल पनि कम मात्रामा आयात भएको छ । यद्यपि बजारमा व्यापारी र उपभोक्ताले फलफूलको किनबेच भने सहजरूपले गर्न पाएका छन्

दुग्ध पदार्थ भने खासै आयात भएको देखिँदैन । तथ्यांकअनुसार वैशाख ४ गतेसम्म १४७ मेट्रिक टन दूध आयात भएको छ ।

विभागका अनुसार १३ करोड ९६ लाख ९५ हजार रुपैयाँ बराबरको औषधिको कच्चा पदार्थ भैरहवा र वीरगञ्जख नाका तथा त्रिभुवन विमानस्थलबाट भित्रिएको छ । त्यस्तै ७८ करोड ८२ लाख ७० हजार रुपैयाँको तयारी औषघि वीरगञ्ज लगायत अन्य नाकाबाट आयात भएको छ ।

लकडाउनको अवधिमा देशभरका भन्सार कार्यालय खुला रहेका छन् । जसमा ४० प्रतिशत कर्मचारीहरू कार्यालयमा सुरक्षाका उपाय अपनाएर काम गरिरहको सूचना अधिकारी घिमिरे भनाइ छ ।

चीनतर्फ नाका चालु

चीनको वुहानबाट कोरोना भाइरसको उत्पति भएपछि चीनबाट हुने आयात पनि रोकिएको थियो । अहिले नेपाल-चीन सीमानाको तातोपानी नाकाबाट स्वास्थ्य र खाद्य सामग्रीको आयत नियमित भएको छ ।

‘तातोपानी नाकाबाट शुक्रबार केही मात्रामा औषधिजन्य वस्तु आयात भएको छ,’ घिमिरेले भने, ‘कतिपय परियोजनाका लागि सामग्री र दैनिक उपभोग्य वस्तु आउने क्रममा छ ।’

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  १० : ३९ बजे

सानातिना घटनाले सत्ता समीकरणलाई असर पार्दैन : ओली

झापा– पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सानातिना

सेतो मच्छिन्द्रनाथ जात्राको रौनक (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथको जात्रा आज मनाइएको छ । हरेक वर्ष

गृहमन्त्री लामिछानेले सत्ताबाहिर बसेर छानबिनलाई सघाउन् : रमेश खरेल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व नेता रमेश खरेलले

प्रभु बैंकका ग्राहकलाई स्काइवाक टावरको टिकट खरिदमा विशेष छुट 

काठमाडौं– प्रभु बैंक लिमिटेडका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा छुट दिन

प्रमुख प्रशासकीय अधिकृत अर्याल सम्मानित

काठमाडौं– चन्द्रागिरि नगरपालिकाको ऐतिहासिक, धार्मिक एवं सांस्कृतिकस्थल संरक्षणमा अतुलनीय योगदान