वैज्ञानिकहरुले पत्ता लगाए चमेरोबाट सर्ने ६ नयाँ भाइरस | Khabarhub Khabarhub

वैज्ञानिकहरुले पत्ता लगाए चमेरोबाट सर्ने ६ नयाँ भाइरस


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरसको महामारीसँग अहिले विश्व आक्रान्त छ । कोरोना भाइरसविरुद्ध विश्व लडिरहँदा वैज्ञानिकहरु पनि अहोरात्र खटिएका छन् । तर पनि अझै सफलता पाउन सकिरहेका छैनन् ।

कोरोनाविरुद्को भ्याक्सिनका लागि विभिन्न परिक्षण गरिरहँदा वैज्ञानिकहरुको एक टोली चमेरोबाट सर्न सक्ने ६ नयाँ भाइरस पत्ता लगाएका छन् ।

भारतको हिमाञ्चल प्रदेश, केरल, तमिल्नाडु र पुद्दुचेरीबाट ५८६ नमुना लिइएको थियो । उक्त नमुनाबाट म्यान्मारमा वैज्ञानिकको एक टिमले गरेको अनुसन्धानबाट चमेरोमा ६ नयाँ भाइरस पाइएको हो ।

अनुसन्धान म्यान्मारको जमिनको प्रयोगपछि बदलिएको ठाउँ र विकासबाट मानिसहरुको स्थानीय वन्यजन्तुको सम्पर्कमा आउने सम्भावना रहेको ठाउँमा गरिएको थियो ।

सन् २०१६ देखि सन् २०१८ सम्ममा वैज्ञानिकहरुले ७५० भन्दा धेरै चमेराको नमुना लिएका थिए । यसै क्रममा वैज्ञानिकहरुले चमेराको नमुनाबाट कोरोना भाइरसका ६ नयाँ विषाणुहरु पत्ता लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अनुसन्धान कर्ताहरुका अनुसार नयाँ कोरोना भाइरस सार्स, मर्स र कोभिड १९ भन्दा बिल्कुलै फरक रहेको बताएका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ६ : ०८ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६