नेपालमा कोराना भाइरस संक्रमितको संख्या दुई पुग्यो | Khabarhub Khabarhub

नेपालमा कोराना भाइरस संक्रमितको संख्या दुई पुग्यो


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्षमायाचनाः यो समाचार परिवार, स्थानीय राजनीतिज्ञ, नातेदारहरुको भनाई तथा अन्तर्राष्ट्रिय अनुगमन गर्ने संस्थाहरुको समेत तथ्यांकको आधारमा प्रकाशित गरिएपनि त्रुटी भएको पुष्टि भएको छ। यो समाचारका कारण पर्न गएको असरप्रति हामी क्षमाप्रार्थी छौ । – सम्पादक

काठमाडौं–विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट नेपालमा संक्रमितको संख्या दुई पुगेको छ ।

आइतबार वीरगञ्जका एक ६७ वर्षीया रुङ्गटा थरका व्यापारीलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई पुगेको हो ।

यस अघि चीनबाट आएका एक नेपालीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो । चीनबाट फर्किएका ती नेपाली उपचार पछि निको भएर घर फर्किसकेका छन् ।

स्थानीय व्यापारी रुङ्गटाको भने भारतस्थित पटना मेडिकल कलेजमा उपचार भइरहेको छ ।

केही दिन यता ज्वरो तथा रुघा खाेकी लागेका उनी उपचारका लागि पटना अस्पताल पुगेका थिए । उक्त मेडिकल कलेजमा गरिएको स्वाव परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

उनी केहीदिनअघि मात्रै दुबईबाट आएका थिए । दुबईबाट आएलगत्तै उनलाई ज्वरो आउने र खोकी लाग्न शुरु भएको थियो । व्यापारिक कामको सिलसिलामा उनी दुबई पुगेका थिए ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ८ : ५० बजे

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको