रोनाल्डोले सिकाए छोराछोरीलाई हात धुने तरिका | Khabarhub Khabarhub

रोनाल्डोले सिकाए छोराछोरीलाई हात धुने तरिका


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नोबेल कोरोना भाइरस (कोभिड–१९) ले गर्दा फुटबल प्रतियोगिताहरु स्थगित भएपछि सेल्फ क्वारेन्टाइनमा रहेका विश्व चर्चित फुटबलर क्रिष्टियानो रोनाल्डोले आफ्ना छोराछोरीलाई हात धुन सिकाएका छन् ।

उनले आफ्ना छोरा छोरीलाई राम्रोसँग कसरी हात धुने र कोरोना भाइरसको संक्रमणबाट जोगिन सकिन्छ भनेर हात धुन सिकाएका हुन् ।

इन्स्टाग्राममा सार्वजनिक उक्त भिडियोमा रोनाल्डोले छोरा माटेओ, छोरीहरु एलाना मार्टिन र इभालाई हात धुन तरिका सिकाइरहेका छन् । रोनाल्डोको क्लब युभेन्ट्स इटालीमा कोरोना भाइरसको आतंकसँगै बन्द रहेको छ ।

समाचार तयार पार्दासम्म इटालीमा मात्रै ४ हजार ८ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने ४२ हजारभन्दा बढीमा संक्रमण भेटीएका छ ।

यस्तै, २ हजार ८ सय ५७ जनाको अवस्था चित्ना जनक रहेको छ भने ६ हजार ७२ जनालाई कोरोना निको भएको तथ्याङ्कले देखाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ५ : १७ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६