धुर्मुस सुन्तली पनि ‘सेल्फ क्वारेनटाइन’मा | Khabarhub Khabarhub

धुर्मुस सुन्तली पनि ‘सेल्फ क्वारेनटाइन’मा


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभियन्ता तथा कलाकार धुर्मुस (सीताराम कट्टेल) र कुञ्जना घिमिरे (सुन्तली) सेल्फ क्वारेनटाइनमा बसेका छन् । उनीसँगै कलाकार कुमार कट्टेल पनि क्वारेनटाइनमा बसेका छन् ।

धुर्मुस–सुन्तलीले भिडियो सन्देश दिँदै आफूहरु क्वारेनटाइनमा बसेको बताएका छन् । कुमार कट्टेलले सबैजना होम क्वारेनटाइनमा बस्न अनुरोध गरेका छन् ।

‘क्वारेनटाइनमा बसेर सरकारलाई सहयोग गरौं, सामाजिक सञ्जालमा अफवाह नफैलाऊँ,’ कुट्टेलले भने ।

यस्तै धुर्मुसले आत्मबल बढाउन र निराश हुन सबैलाई अनुरोध गरेका छन् । उनले संयमित र सावधानी भएर बस्न सबैलाई अनुरोध गरेका छन् ।

कुञ्जनाले पनि भिडियो सन्देशमार्फत सबैलाई आफ्नो ख्याल गर्न अनुरोध गरेकी छिन् ।

कोरोना भाइरसको सन्त्रासका कारण धुर्मुस सुन्तली फाउण्डेसनले चितवनमा निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम स्थगित भएको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ५ : २२ बजे

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज