एन्फाले आफ्नो मातहतका भौतिक संरचनाहरु क्वारेन्टाइन बनाउन दिने | Khabarhub Khabarhub

एन्फाले आफ्नो मातहतका भौतिक संरचनाहरु क्वारेन्टाइन बनाउन दिने


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो मातहतका भौतिक संरचनाहरुलाई अस्थायी क्वारेन्टाइन र आइसोलेसन बनाउनका लागि सरकारलाई हस्तान्तरण गर्न तयार रहेको जनाएको छ ।

एन्फाले आइतबार विज्ञप्ति जारी गर्दै ललितपुरस्थित एन्फा कम्प्लेक्सको होस्टल, बुटबल र धरानको फुटबल एकेडेमीका होस्टल र रौतहटको महिला फुटबल एकेडेमी आवश्यक पर्दा क्वारेन्टाइनका लागि प्रयोग गर्न सकिने जानकारी दिएको हो ।

एन्फा प्रवक्ता किरण राईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अखिल नेपाल फुटबल संघको भौतिक संरचनाहरु ललितपुरको एन्फा कम्प्लेक्सको होस्टल, बुटबल र धरानको एकेडेमीका होस्टल, रौतहटस्थित महिला एकेडेमीको होस्टल अस्थायी क्वारेन्टाईन र आइसोलेसनको लागि आवश्यक परेको खण्डमा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय सरकारले प्रयोग गर्न सक्ने कुरा जानकारी गराउँन चहान्छु ।’

एन्फाले सम्पूर्णलाई आ–आफ्नो स्थानमा सुरक्षीत साथ बस्न समेत आग्रह गरेको छ । एन्फाले यसअघि नै आफ्नो कार्यालयदेखि सबै फुटबल गतिविधि बन्द गरिसकेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  १ : ३८ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको