कोरोना विरुद्ध सचेत हुन पूर्व कप्तान खड्काको अपिल | Khabarhub Khabarhub

कोरोना विरुद्ध सचेत हुन पूर्व कप्तान खड्काको अपिल


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले कोरोना भाइरस (कोभिड १९) विरुद्ध मिलेर अगाडि बढ्न सार्वजनिक अपिल गरेका छन् ।

उनले आइतबार सामाजिक सञ्जाल ट्वीटरमा एक भिडियो सन्देश राख्दै उनले कोरोनाविरुद्ध सचेत हुन अपिल गरेका छन् ।

खेलाडीका लागि यो निकै कठिन समय भएको उल्लेख गर्दै अत्यावश्यक  काम बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरेका छन् ।

यस्तै, खड्काले सरकारको निर्णयमा साथ दिन पनि अपिल गरेका छन् । उनले हरेक व्यक्तिले सचेत रहनु पर्ने भिडियो सन्देशमा उल्लेख गरेका छन् ।

‘अहिलेको परिस्तिथीमा म र क्रिकेट टिमको तर्फबाट सबै जनालाई आग्रह गर्न चाहान्छु कि सबै जना घर बसेर, अत्यावश्यक काम बाहेक बाहिर ननिस्किएर सरकार र सम्बन्धित निकाय सबैलाई सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु,’ उनले भने, ‘अहिले हाम्रो लागि आफैले दायित्व निर्वाह गर्नु पर्छ । यस्तो स्थितीमा सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारी लिने हो भने अहिलेको यो परिस्थिबाट अगाडि बढ्न हामीलाई एकदमै सजिलो हुनेछ । हामी सबै एकसाथ रहौं ।’

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  १२ : ०६ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०