रियल मड्रिडका पूर्वअध्यक्षको कोरोना संक्रमणबाट मृत्यु « Khabarhub

रियल मड्रिडका पूर्वअध्यक्षको कोरोना संक्रमणबाट मृत्यु


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोनाको संक्रमणबाट रियल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जको सान्जको ज्यान गएको छ।

कोरोनाको लक्षण देखिएपछि पाँच दिनअघि अस्पताल भर्ना भएका ७६ वर्षीय पूर्व अध्यक्ष सान्जको उपचारकै क्रममा निधन भएको उनका छोरा फर्नाडो सान्जलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आफ्ना पूर्व अध्यक्षको निधनप्रति रियल म्याड्रिडले पनि एक विज्ञप्ति निकालेको छ । ‘रियल म्याड्रिड क्लब, यसका अध्यक्ष र सञ्चालक समितिका सदस्यहरु लोरेन्जो सान्जको निधनबाट दुखित छौं,’ विज्ञप्तिमा भनिएको छ ।

सान्ज सन् १९९५ देखि २००० सम्म रियलको अध्यक्ष रहेका थिए ।

कोरोनाको संक्रमणबाट आइतबार बिहानसम्म स्पेनमा २५ हजार ४ सय ९६ जना संक्रमित भएका छन् भने एक हजार ३ सय ७८ जनाको ज्यान गएको छ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ८ : ५० बजे

रक्षाबन्धन र लाखे नाचको रौनक [फोटोफिचर]

काठमाडौँ : प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन,

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)

काठमाडौँ– आज साउन २७, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अगष्ट

वर्षाले ३ सडक पूर्ण र १२ आंशिक अवरुद्ध

काठमाडौँ- वर्षाले हाल तीन पूर्ण र १२ सडक आंशिक रुपमा

सुक्खा पहिरो खस्दा हेलम्बुको ११ घर उच्च जोखिममा

 सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–५ उर्लेनीमा सुक्खा पहिरो जाँदा ११ घर

भुलभुले दुधकुण्ड देउधाम र भालुखोलामा सांस्कृतिक मेला

खोटाङ- खोटाङको धार्मिक तथा पर्यटकीयस्थल भुलभुले दुधकुण्ड देउधाम र भालुखोलामा