बसबाट ओर्लिएपछि पाङ्ग्राले किच्दा महिलाको मृत्यु | Khabarhub Khabarhub

बसबाट ओर्लिएपछि पाङ्ग्राले किच्दा महिलाको मृत्यु


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा शनिवार दिउँसो बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

दमौलीबाट मुग्लिङतर्फ जाँदै गरेको ग१ख ९६१८ नंको बसले ठक्कर दिँदा सोही बसमा सवार अन्दाजी ६५ वर्षीया महिलाको मृत्यु भएको हो ।

मृतक महिलाको नामथर खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

सोही बसमा सवार रहेकी महिला ओर्लिएपछि बसको पाङ्ग्राले किचेको थियो ।

घाइते महिलाको दमौली अस्पतालमा उपचार गर्न लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालक प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ८ : १९ बजे

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को