प्रहरी कार्यालयलाई लक्षित गरी राखेको बम डिस्पोज | Khabarhub Khabarhub

प्रहरी कार्यालयलाई लक्षित गरी राखेको बम डिस्पोज


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा- जिल्ला प्रहरी कार्यालय बाजुरालाई लक्षित गरी राखिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

मार्तडीस्थित जिल्ला प्रहरी कार्यालयलाई लक्षित गरी राखिएको प्रेस कुकर बम नेपाली सेनाले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

शुक्रबार साँझ पिसविन बाजुराको घर नजिकै झोलामा बेरेर राखिएको बेवारिसे बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले शनिबार बिहान डिस्पोज गरेको समरजित गुल्मका गुल्मपति रविन श्रेष्ठले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय नजिकैको स्थानमा बम भेटिएपछि स्थानीयवासी त्रस्त बनेका छन् । बम कसले राखेको हो भन्नेबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख टंकप्रसाद भट्टराईले बताए ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ११ : ४२ बजे

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा