शिवरात्रीमा सजाइएका पशुपतिका फूल रातारात गायब | Khabarhub Khabarhub

शिवरात्रीमा सजाइएका पशुपतिका फूल रातारात गायब


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महाशिवरात्रिलाई विशेष बनाउन लाखौं रकम खर्चिएर सजाइएको पशुपतिनाथको मन्दिरका फूल रातारात गायब भएको छ ।

बाँदरबाट समेत जोगिएका फूल रातारात गायब भएपछि पशुपति क्षेत्र विकास कोषका पदाधिकारी चिन्तित भएका छन ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकालका अनुसार पशुपतिनाथलाई फूलैफूलले सजाउन करिव दुई करोड रुपैयाँ खर्चिएको थियो ।

कोषका सदस्य सचिव ढकालले भने ‘बाँदर पुग्ने ठाउँका फूल सुरक्षित छन् तर धर्मका लागि मन्दिर पुगेका मानिस देखादेखि फूल बोकेर जान्छन् । मन्दिर पुगेर घर फर्किने उनिहरुको संस्कार कस्तो ।’

सजावटका लागि ल्याइएका फूलहरु थाइल्याण्ड, अष्ट्रेलिया, भारत लगायतका देशबाट ल्याइएको थियो । केही फूल भने भारतले निःशुल्क सहयोग गरेको थियो ।

फूल हाक्काहाक्की मानिसहरुले बोकेर हिडेपनि नियन्त्रण गर्न नसकिएको सदस्य सचिव ढकालले बताएका छन् ।

‘धर्म कमाउन आएका मानिसहरु नै मन्दिरको सामान बोकेर हिँडेपछि सामान खोज्न के प्रहरी लगाउँनु, यो त संस्कारको पनि कुरा भयो नी ‘ सदस्य सचिव ढकालले भने ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  १० : २९ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न