तपाईंलाई अचम्म लाग्ने संस्कृत गीत र भजनमात्र बज्ने नाइट क्लब | Khabarhub Khabarhub

तपाईंलाई अचम्म लाग्ने संस्कृत गीत र भजनमात्र बज्ने नाइट क्लब


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अधिकाशं होटल तथा नाइट क्लबमा पप तथा रिमिक्स गीतहरुको बोलबाला छ ।

नाइट क्लब जानेहरु मदिरा तथा धुम्रपानको नशामा यस्तै गीतमा रम्ने र नाच्ने गर्दछन् ।

नेपालका केहि होटल वा क्लबमा भने दोहोरी समेत बज्ने गर्दछ । तर कुनै नाइट क्लबमा संस्कृत भाषाको गीत बज्दछ भन्दा पत्याउन ग्राहो होला ।

किनकी आजकल संस्कृत भाषाका गीत अत्यन्त कम मात्रामा पाइन्छ । पाएका गीत पनि भजन वा कुनै मन्त्र मात्र हुने गर्दछन् । तर विश्वमा एक यस्तो नाइट क्लब छ, जहाँ संस्कृत भाषामा गीत गाइन्छ ।

संस्कृत भाषाका गीत घन्काइने नाइट क्लब भनेपछि सायद तपाईंले नेपाल वा भारतको कुनै स्थानको क्लब होला भन्ने सोच्नु भयो होला । तर होइन, सस्कृत भाषाको गीत घन्काइने नाइट क्लब दक्षिण अमेरीकी मुलुक अर्जेन्टिनामा छ ।

अर्जेन्टिनाको ब्युनर्स आयर्समा रहेको ग्रोभ नामक नाइट क्लबमा अंग्रेजी रक वा पप गीतहरूको सट्टामा संस्कृतका गीत तथा भजनहरू बजाइन्छ । र क्लब पुग्ने ग्राहक तिनै गीतमा खुब आनन्द लिने गर्दछन् । संस्कृत भाषाका गीतमा तन्नेरीहरू रमाइलो मान्दछन् । अझ रोचक कुरो त के छ भने उक्त नाइट क्लबमा दैनिक ८ सयभन्दा धेरै ग्राहकहरू पुग्ने गर्दछन् ।

तर उक्त नाइट क्लबमा मद्यपान वा धुम्रपान गर्न निषेध छ । त्यहाँ माछामासु समेत खान पाइदैन । ग्राहकले क्लबले तय गरेको नियमलाई पालना गर्दै केवल सफ्ट ड्रिंक्स, जुस तथा शाकाहारी खाना मात्र खानु पर्ने हुन्छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ९ : ०६ बजे

इटालीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले त्यहाँका राष्ट्रपति

नेपाल–चीन सहायता परियोजना बैठक सम्पन्न

काठमाडौ‌– नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।

सरकारको स्थायित्वबारेका हल्ला निराधार : पौडेल

काठमाडौं– एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल