नोना कोइराला स्मृति प्रतिस्ठानको भवन बनाउन जापान सरकारको सहयोग | Khabarhub Khabarhub

नोना कोइराला स्मृति प्रतिस्ठानको भवन बनाउन जापान सरकारको सहयोग


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- विराटनगरस्थित नोना कोइराला स्मृति प्रतिस्ठानको भवन निर्माणका लागि जापान सरकारले सहयोग गरेको छ ।

प्रतिस्ठानको भवन निर्माणका लागि आज जापान र नेपालबीच सम्झौता भएको छ ।

सम्झौतापत्रमा नेपालका लागी जापानीज राजदुत साईगो मसमिची र प्रतिष्ठानका अध्यक्ष डा.नारायण कुमारले हस्ताक्षर गरेका छन् ।

सहयोग सम्झौता हस्ताक्षर कार्यक्रममा सहभागी प्रतिष्ठानका संरक्षक कांग्रेस नेता डा.शेखर कोइरालाले नेपालको लोकतन्त्र र विकासमा जापानले पुर्‍याएको सहयोगको प्रशंसा गरे ।

सम्झौता हस्ताक्षर कार्यक्रममा पुनम कोइराला, कांग्रेस प्रदेश नं-१ का प्रमुख सचेतक केदार कार्की, विराटनगर महानगरका मेयर भीम पराजुली, डा.ममता कायस्थ नेहा कोइरालालगायतको उपस्थिति थियो ।

आधारभुत स्वास्थ्य सम्बन्धी प्रशिक्षण तथा आकस्मिक आवास प्रयोजनका लागी निर्माण गरिने प्रतिष्ठानको अत्याधुनिक भवनका लागि जापान सरकारले एक करोड २१ लाख सहयोग गरेको छ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ९ : ४२ बजे

इजरायल–इरानबीच तनाब बढ्यो : इरानमाथि आक्रमण सुरु

काठमाडौं– पछिल्लो साता अरबका दुई मुलुक इजरायल र इरानबीच तनाव

बेनीमा कृषि बजारको भवन निर्माण सुरु

म्याग्दी– जिल्लाको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण सुरु

खेलकुद परिषद्को सर्कुलरले हच्किए सङ्घ अध्यक्ष

काठमाडौं – शनिबार ललितपुर सातदोबाटोमा नेपाल पौडी सङ्घको चुनावी साधारण

विपिन जोशीका परिवारले भेटे प्रधानमन्त्रीलाई 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु 

दोलखा– दोलखाबाट बिहे लिएर सिन्धुपाल्चोक जाँदै गरेको बस दुर्घटना हुँदा