१६ जना विशेषज्ञ चिकित्सक दशौं तहमा बढुवा | Khabarhub Khabarhub

१६ जना विशेषज्ञ चिकित्सक दशौं तहमा बढुवा


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले १६ जना विशेषज्ञ चिकित्सकलाई दशौं तहमा बढुवा गरेको छ ।  स्वास्थ्य मन्त्रालयको बढुवा समितिले विभिन्न अस्पतालमा कार्यरत नवौं तहका १६ जना चिकित्सकलाई बढुवा गरेको हो ।

दशौं तहमा बढुवा हुने १६ जना विशेषज्ञ चिकित्सकहरुमा भरतपुर अस्पतालका डा वैकुण्ठ अधिकारी पहिलो नम्बरमा छन् ।

यस्तै दशौं तहमा बढुवा हुनेमा भरतपुर अस्पतालकै डा राजु बस्नेत, जनकपुर अञ्चल अस्पतालका डा रामदेव चौधरी, वीर अस्पतालका डा जैनेन्द्र कुमार चौधरी, वीर अस्पतालकै डा भद्र हमाल, कोशी अञ्चल अस्पतालका डा रविन राज सिंह रहेका छन् ।

यस्तै कान्ति बाल अस्पतालका डा कृष्ण प्रसाद भट्टराई, राष्ट्रिय ट्रमा सेन्टरका डा निलम कुमार खड्का, वीर अस्पतालकी डा रीमा जोशी, महाकाली अञ्चल अस्पतालका डा रोजन ताम्राकार, गौर अस्पताल रौतहटकी डा नजला खातुन, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका डा सुवज भट्टराई रहेका छन् ।

यस्तै स्वास्थ्य सेवा विभाग, टेकुका डा बासुदेव कार्की, राष्ट्रिय ट्रमा सेन्टरका डा सन्तोष पौडेल, वीर अस्पतालका डा अनन्तभक्त उप्रेती र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराकी डा स्वस्ती शर्मा पनि दशौं तहमा बढुवा भएका छन् ।

स्वास्थ्य मन्त्रालयले नवौं तहमा रहेका १६ जना विशेषज्ञ चिकित्सकहरुलाई २ वर्षको सेवा अवधिपछि दशौं तहमा बढुवा गरेको हो ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ६ : २१ बजे

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

काँक्रेविहार– भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा भेरी करिडोरमा

कुन भिटामिनको कमीले अत्यधिक निद्रा लाग्छ ?

 शरीरमा भिटामिन र मिनरल्सको उचित सन्तुलन नहुँदा यसले सम्पूर्ण शरीरमा

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार आसपासमा

एसीसी प्रिमियर कप : सेमिफाइनलमा यूएईविरुद्ध भिड्दै नेपाल

काठमाडौं – एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज यूएईसँग भिड्दैछ।

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार सन्