नेप्से ७ अंकले घट्यो | Khabarhub Khabarhub

नेप्से ७ अंकले घट्यो


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबारको बजार ७ अंकले ओरालो लागेर १३१३.४२ अंकमा अडिएको छ । त्यस्तै, क वर्गको कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.१३ अंकले झरेर २८२.३० अंकमा रहेको छ ।

बुधबारको बजारमा कूल १ अर्ब ५८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन कूल १७८ कम्पनीको ४९ लाख १४ हजार ४३७ कित्ता सेयर खरिद बिक्री भएका छन् ।

बुधबार सबैभन्दा बढी कारोबार भएको सबैभन्दा ठूलो बैंक ग्लोबल आईएमईको सेयर मूल्य प्रतिकित्ता ३०५ रुपैयाँ रहेको छ । जुन अघिल्लो कारोबारको तुलनामा एक रुपैयाँले बढेको हो । मंगलबार बैंकको सेयर मूल्य प्रतिकित्ता ३०४ रुपैयाँ रहेको थियो । त्यस्तै, नेपाल बैंकको ९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बजारमा जीवन बीमा बाहेक बाँकी समूह राताम्मे भएका छन् । जीवन बीमा समूह १६२ अंकले उकालो लागेको छ । होटल, निर्जीवन र उत्पादनमूलक तीन वटै समूह २३ अंकले ओरालो लागेका छन् ।

बुधबार बढी कमाउनेको सूचीमा जीवन बीमा कम्पनी अग्रस्थानमा रहेका छन् । सबैभन्दा बढी एशियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ८.४७ प्रतिशतले बढेको छ ।

कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५२५ रुपैयाँ रहेको छ । त्यस्तै, प्राइम लाइफ इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य क्रमशः प्रतिकित्ता ५४१ र ४२२ रुपैयाँ रहेको छ ।

बुधबार पाँचथर पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी अर्थात ८.७० प्रतिशत गुमाएका छन् ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ४ : ४८ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको