८ जना भारतीयको ज्यान गएको दामन घटनाबारे छानविन गर्न समिति गठन | Khabarhub Khabarhub

८ जना भारतीयको ज्यान गएको दामन घटनाबारे छानविन गर्न समिति गठन


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –मकवानपुरको थाहा नगरपालिकाअन्तर्गत पर्ने दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा अचेत अवस्थामा फेला परी उपचारका क्रममा मृत्यु भएका ८ जना भारतीय पर्यटकको मृत्युबारे छानविन गर्न सरकारले समिति गठन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पर्यटन विभाग, होटेल शाखाका निर्देशकको संयोजकत्वमा समिति गठन गरिएको हो ।

समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, पर्यटक प्रहरी र होटेल संघ नेपालका प्रतिनिधिलाई सदस्य तोकिएको छ । पर्यटन विभाग, होटेल शाखाका अधिकृतले सदस्य सचिवको जिम्मेवारी सम्हाल्ने छन् ।

विभागका अनुसार घटनामा पर्यटकको सुरक्षामा रिसोर्टको तर्फबाट कमजोरी भए-नभएको बारे हेरिनेछ । रिसोर्टले निर्धारित मापदण्ड पूरा गरे नगरेको बारेमा समेत अध्ययन गरिने भएको छ । यस्तै समितिले आगामी दिनयमा यस्ता घटना हुन नदिन के गर्ने भन्नेबारेपनि सुझाव दिने छ ।

मंगलबार बिहान अचेत अवस्थामा फेला परेका उनीहरुको उपचारका क्रममा काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा मृत्यु भएको हो ।
भारत केरेलका उनीहरुको १५ जनाको समूहमा अघिल्लो हप्ता घुम्नका लागि नेपाल आएको थियो ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ४ : १९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०