५ हजार रुपैयाँ घुससहित प्रहरी जवान पक्राउ | Khabarhub Khabarhub
Logo
१२ फाल्गुन २०७६, सोमबार

५ हजार रुपैयाँ घुससहित प्रहरी जवान पक्राउ



सिरहा– इलाका प्रहरी कार्यालय सुखीपुर सिरहामा कार्यरत प्रहरी जवान राजकुमार यादव ५ हजार घुससहित पक्राउ परेका छन् ।

सीमावर्ती भारतीय बजारबाट घरायसी प्रयोजनका नुन–तेल लगायतका सामग्री आयातमा सहज बनाइदिन्छु भन्दै लिएको घुससहित प्रहरी जवान यादव पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले यादवलाई घुस लिइसकेको अवस्थामा सुखीपुर नगरपालिका–१० बाट नियन्त्रणमा लिएको हो ।


भर्खर

0