अक्षय कुमारले मागे १२० करोड पारिश्रमिक ! | Khabarhub Khabarhub

अक्षय कुमारले मागे १२० करोड पारिश्रमिक !


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता अक्षय कुमार व्यावसायिक अभिनेता हुन् । उनले बक्स अफिसमा हिट फिल्म त दिएका छन् नै । पारिश्रमिक पनि बढाइरहेका छन् ।

सन् २०१९ मा अक्षय कुमारका फिल्मले ७ सय करोडभन्दा बढी कलेक्सन गरे । यो यस्तो रेकर्ड हो, जहाँ कुनै खान पनि पुग्न सकेका छैनन् । न त ऋतिक रोशनले नै यो रेकर्ड बनाउन सकेका थिए ।

पहिलोपटक बलिउड स्टारमा यस्तो रेकर्ड अक्षय कुमारले राखे ।

यतिबेला बलिउडका कैयन् निर्माता–निर्देशकले अक्षयलाई आफ्नो फिल्ममा साइन गर्न चाहन्छन् । अक्षयले पनि यही मौका पारेर आफ्नो पारिश्रमिक बढाएका छन् ।

अक्षयसँग जोडिएको एक खबरअनुसार अक्षय कुमारले सय करोडभन्दा बढी पारिश्रमिक बढाएका छन् । उनले एक फिल्मका लागि १ सय २० करोड पारिश्रमिक मागेका छन् ।

उक्त फिल्ममा सारा अली खान र साउथ स्टार धनुष पनि हुनेछन् । फिल्मको शूटिङ छिट्टै शुरु हुनेछ ।

भारतीय मिडियाका अनुसार अक्षय कुमारलाई यति रकम निर्माण टिमले दिने भएको छ । यद्यपि फिल्मको आधिकारिक जानकारी भने बाहिर आएको छैन ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  १ : ०९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०