गौरीगञ्ज गाउँपालिकाका २८ छात्रालाई साइकल प्रदान | Khabarhub Khabarhub

गौरीगञ्ज गाउँपालिकाका २८ छात्रालाई साइकल प्रदान


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- माध्यमिक शिक्षा (११–१२ कक्षा) अध्ययन गर्ने छात्राहरुलाई गौरीगञ्ज गाउँपालिकाले साइकल वितरण गरेको छ ।

गाउँपालिका–२ मा रहेको कोरोबारी माध्यमिक विद्यालयमा अध्ययनरत २८ छात्रालाई गाउँपालिकाले साइकल वितरण गरेको हो ।

विद्यालय जान आउन सहज होस् भन्दै वडा नं. २ को बजेटबाट माध्यमिक शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि साइकल वितरण गरिएको वडा सचिव गोविन्द राजवंशीले जानकारी दिए ।

‘दुई लाख बजेट विनियोजन गर्दै सबै छात्रलाई साइकल वितरण गरिएको हो’, उनले भने, ‘आदिवासी समुदायको बाहुल्य रहेको यस ठाउँका कतिपय विद्यार्थीले विद्यालय टाढा भएर पनि पढाइ छाड्ने गरेकाले पढाइप्रति प्रोत्साहन गर्न छात्रालाई साइकल वितरण गरिएको हो ।’

गाउँपालिकाभित्र बसोबास गर्ने कोही पनि विद्यार्थी पढाइबाट वञ्चित नहुन् भन्दै गाउँपालिकाले पहिलो पटक साइकल वितरण गरेको वडाध्यक्ष अघनुप्रसाद राजवंशीले बताए ।

यसअघि हल्दिबारी गाउँपालिकाले माध्यमिक शिक्षा अध्ययन गर्ने सबै विद्यार्थीको शुल्क गाउँपालिकाले तिर्ने गरेको छ । उत्कृष्ट र जेहेन्दार विद्यार्थीका लागि गाउँपालिकाले एक/एक थान ल्यापटपको समेत व्यवस्था गरेको छ भने सबै विद्यालयलाई प्रविधिमैत्री बनाएको छ ।

त्यस्तै झापा गाउँपालिकाले कक्षा आठदेखि माथि अध्ययन गर्ने सबै छात्रालाई एक/एक थान साइकल प्रदान गरेको छ भने उच्च शिक्षा अध्ययन गर्ने सबै विद्यार्थीको मासिक शुल्क आफैँ प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  १० : २३ बजे

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौँको क्षति

सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज

आगलागी पिडितलाई राहत वितरण

तम्घास । गुल्मीको मदाने गाउँपालिका १ अग्लुङ्गका आगलागी पिडितहरुलाई राहत

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत

सूर्य नेपाल ओपन : पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गतको सातौं प्रतियोगिता,