मोबाइलमा कुरा गर्दा कति खर्च भयो ? यसरी हेर्न सकिन्छ हरेक महिनाको बिल | Khabarhub Khabarhub

मोबाइलमा कुरा गर्दा कति खर्च भयो ? यसरी हेर्न सकिन्छ हरेक महिनाको बिल


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले आफ्ना ग्राहकको सहजताका लागि अनलाईनबाटै हरेक महिनाको बिल हेर्न मिल्ने सुविधा प्रदान गरेको छ ।

टेलिकमले ल्याण्डलाइन तथा मोबाइलबाट भएको खर्चको हरेक महिनाको बिल अनलाइनबाटै हेर्ने सुविधा थप गरेको हो । जसमा जीएसएम, पीएसटीएन र सीडीएमएको बिल हेर्न सकिने छ ।

यसका लागि सेवाग्राहीले नेपाल टेलिकमको वेबसाइटमा गएर दायाँतर्फ रहेकोण् ‘यूटिलिटी’ भित्र रहेको ‘अनलाईन मोबाइल बील’ मा क्लिक गर्नुपर्नेछ । तत्पश्चात तपाईंले कुन सेवाको अर्थात ल्याण्डलाइन फोन, जीएसएम मोबाइल वा सीडीएमए मध्ये कुन सेवाको र कुन महिनाको बिल हेर्ने चाहनु भएको हो खुलाउनुपर्नेछ ।

यदी तपाईले आफ्नो एक महिनामा मोबाइलमा कति खर्च भएछ भनेर जानकारी लिन चाहानुभयो भने त्यहाँ भएका अप्सनहरु पूरा भर्नुपर्छ ।

मोबाइल वा मोबाइल नम्बर राख्नुपर्ने हुन्छ । साथै अर्को बक्समा ‘पुक नम्बर’ मागिएको छ । त्यहाँ मोबाइलको लागि पुक नम्बर नै प्रयोग गुर्नपर्ने हुन्छ । यदि तपाईंसँग मोबाइलको पुक नम्बर नभएको खण्डमा आफ्नो मोबाइलबाट‘PUK’ टाइप गरी १४१५ मा एसएसएस पठाएर थाहा पाउन सक्नुहुनेछ ।

ल्याण्डलाइन फोनको बिल हेर्नु परेमा ‘अकाउण्ट नम्बर’ राखेर चेक बिलमा क्लिक गर्नुपर्ने हुन्छ । ल्याण्डलाइन टेलिफोनको अकाण्ट नम्बरको लागि बिल तिरेको रसिदमा रहेको अकाउण्ट नम्बर प्रयोग गर्न सकिन्छ । अथावा टेलिकमको काउण्टरबाट बिल प्रिन्ट प्राप्त गर्न पनि सकिन्छ ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  १० : ०९ बजे

सुर्खेतमा ‘एन्फा महिला लिग’ आजदेखि

कर्णाली– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि ‘एन्फा महिला लिग-२०२४ छनोट

बैतडीमा आगलागी, ५ लाख बराबरको क्षति 

काठमाडौं– बैतडीमा दुई घरमा आगलागी भएको छ। जंगलमा लागेको आगोबाट

क्यानडामा विदेशी नागरिकलाई घर किन्न प्रतिबन्ध

क्यानडा– विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ

आइपिएलमा आज लखनउ र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

हर्नियाको जोखिममा पुरुष : समयमा उपचार नगरे ज्यानै जाने खतरा

काठमाडौं – हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न