अमेरिकामा पनि कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub
Logo
१२ फाल्गुन २०७६, सोमबार

अमेरिकामा पनि कोरोना भाइरसको संक्रमण



कोरोना भाइरसबाट ६ जनाको ज्यान गएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् । तस्वीर : गेट्टी इमेज

काठमाडौं – संयुक्त राज्य अमेरिकामा पनि कोरोना भाइरसबाट संक्रमित व्यक्ति फेला परेका छन ।

गत जनवरी १५ मा चीनबाट फर्किएका करिव ३० बर्षका व्यक्तिमा कोरोना भाइरसको संक्रमण पाइएको हो । रोग नियन्त्रण केन्द्र अमेरिकाका अधिकारीहरुले जनाएका छन । कोरोनाबाट पीडित भनिएका ती व्यक्तिका परिचय भने अहिलेसम्म गोप्य नै राखिएको छ ।

चीनको बुहानबाट फैलिएको भनिएको कोरोना भाइरसबाट त्यहाँ हालसम्म ६ जनाको मृत्यु भइसकेको छ भने ३ सय भन्दा बढी संक्रमित भएको बीबीसीले जनाएको छ ।

कोरोना भाइरसको संक्रमणले संत्रास फैलिएपछि उत्तर कोरियाले सीमावर्ती क्षेत्रका प्रवेशविन्दुहरु बन्द गरेको छ ।

तत्काललाई बिदेशी पर्यटक आगमनमा रोक लगाएर कोरानाबिरुद्ध सतर्कता अपानाइएको उत्तर कोरियाली अधिकारीहरुले जनाएका छन ।


भर्खर

0