घाइतेलाई सडकमा नदेखे झैँ गरी जब मुख्यमन्त्री राई 'हुइँकिए'   | Khabarhub Khabarhub

घाइतेलाई सडकमा नदेखे झैँ गरी जब मुख्यमन्त्री राई ‘हुइँकिए’  


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अहिले सामाजिक सञ्जालमा एउटा तस्वीर निकै भाइरल बनेको छ । तस्वीरमा देखिन्छ– ‘दुर्घटना परेको स्कुटर र नजिकैबाट सवार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको सवारी लस्कर’ ।

यो तस्वीर सोमबार मोरङको बेलबारी ४ मा भएको एक सवारी दुर्घटनाको हो ।

स्कुटर दुर्घटनामा परी बेलबारी नगरपालिका-११ का ४३ वर्षीय अर्जुन खत्री र सोही स्थानका ६३ वर्षीय दुर्गा भण्डारी घाइते भएका थिए।

घाइतेहरु सडकमै लडिरहेको अवस्थामा झापाबाट आउँदै गरेका मुख्यमन्त्री शेरधन राईको सवारी लस्कर सोही स्थान पुगे पनि उनीहरुको उद्धार भएन ।

सडकमा घाइते तड्पिएको देख्दा देख्दै पनि मुख्यमन्त्री राईको टोलीले उनको उद्धार नगरी ‘हुइँकिए’पछि सामाजिक सञ्जालमा उनको आलोचना भएको छ ।

मुख्यमन्त्रीको सवारी भएको केही समयपछि प्रहरी घटनास्थल पुगेको थियो । उद्धारमा ढिलाइ हुँदा एक जना घाइतेको निधन भइसकेको थियो भने अर्क घाइते भण्डारीको भने उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  १० : ५० बजे

गण्डकीको प्रदेशसभा बैठक बस्दै

गण्डकी– गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

घरबास सञ्चालनबाट आत्मनिर्भर नवलपुरका महिला

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१० निवासी बालकुमारी महतोलाई अहिले

नेपाली सेनामा विभिन्न पदका लागि दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले पदपूर्तिका लागि ठूलो सङ्ख्यामा आवेदन माग गरेको छ।

इजरायल–इरानबीच तनाब बढ्यो : इरानमाथि आक्रमण सुरु

काठमाडौं– पछिल्लो साता अरबका दुई मुलुक इजरायल र इरानबीच तनाव

बेनीमा कृषि बजारको भवन निर्माण सुरु

म्याग्दी– जिल्लाको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण सुरु