‘पार्टीको आन्दोलन र भविष्य जोगाउन ताजा जनादेश लिने निर्णय’ | Khabarhub Khabarhub

‘पार्टीको आन्दोलन र भविष्य जोगाउन ताजा जनादेश लिने निर्णय’


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको भविष्य जोगाउने अरु कुनै विकल्प नभएपछि भारी मनका साथ आफूले ताजा जनादेश लिने निर्णय गरेको बताएका छन् ।

विघटित प्रतिनिधिसभाका सदस्यको आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित भेलालाई सम्बोधन गर्नेक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ओलीले मुलुकको उन्नतिका लागि गरिएका हरेक काममा अवरोध आएको तथा पार्टीका एकथरी नेताले जनादेश बिर्सेर सधैं सरकारका काममा अवरोध मात्रै आएको जनाउँदै पार्टीको आन्दोलन र भविष्य जोगाउन अरु कुनै विकल्प नभएपछि जनतामा जाने निर्णय गर्नुपरेको स्पष्ट पारे ।

उनले विचार, सङ्गठन र गन्तव्यमा स्पष्ट विशाल पार्टी बनाउने उद्देश्य सफल पार्न आफू सक्रिय रहेको तर पार्टीका अन्य नेताहरु सरकार र मुलुकको काममा अवरोध गरी विग्रहतिरको बाटामा अग्रसर भएको आरोप लगाउँदै भने, “हामी एकता, एकीकरणका काम टुङ्ग्याएर सहमतिका साथ महाधिवेशन गर्ने, विचार, सङ्गठन र गन्तव्यमा स्पष्ट हुने पार्टी बनाउन सक्रिय थियौँ, तर नेताहरु पछाडि फर्कनै नसक्ने गरी समीकरणका आधारमा पार्टीलाई चिरा पार्ने र बिग्रह, बेमेलको वतावरण निर्माण गर्न अग्रसर हुनुभयो ।”

अप्ठेरो अवस्थामा जनतासमक्ष जानुलाई निरङ्कुश कदम भनी चलाइएको हल्ला गलत भएको जनाउँदै उहाँले अवरोध खडा गरेपछि जनतामा जानु उच्च लोकतान्त्रिक कदम भएको ठोकुवा गरे ।

“एकतापछि पार्टी सचिवालयका ७५ वटा सचिवालय बैठक भए, कुनै बैठकमा पनि देश, जनतासँग सम्बन्धित विषयमा छलफल गर्न उहाँहरु कहिल्यै राजी हुनुभएन, मेरा मान्छेलाई खोइ, मलाई खोइ, उधारो होइन, हातहाती चाहिन्छ भनी उहाँहरुको स्वार्थले घेरिनुपर्‍यो”, प्रधानमन्त्री ओलीले भने ।

“साढे दुई वर्षमा यति धेरै अवरोधका बीच पनि विकास र समृद्धिका सुस्पष्ट योजनासाथ अघि बढ्यौँ र यसमा सफलता पनि पाएका छौं । वर्षौँदेखि पछौटे रहेको देश एकै पटक बनिसकेको हुँदैन, त्यही क्रममा बेथितिका झिल्का देखाएर केही नगरेको भन्ने प्रचारबाजी भए”, उनले भने, “सरकारले के गरिरहेको छ र त्यसलाई बदनाम गर्न के प्रचार भइरहेको छ जनताले बुझेका छन् ।”

प्रधानमन्त्री ओलीले विघटित प्रतिनिधिसभाका सदस्यलाई निर्वाचन क्षेत्रमा केन्द्रित रहेर चुनावी तयारी गर्न निर्देशन पनि दिए । “तपाईंहरु अब निर्वाचन क्षेत्र जानुहोस्, हामीले गरेका अभूतपूर्व कामहरुलाई रोक्न भएका षड्यन्त्रबारे जनतालाई बुझाउनुहोस्”, प्रधानमन्त्री ओलीले भने, “कसले काम गर्‍यो, कसले काम गर्न अवरोध गरेर षड्यन्त्र, तिकडम मात्र गर्‍यो, जनतालाई बुझाउनुपर्छ ।”

संसद् विघटन आइतबार भएपछि प्रधानमन्त्री ओलीले आफ्ना निकटका निवर्तमान सांसदलाई आज बालुबाटारमा बोलाएका थिए । प्रतिनिधिसभा निर्वाचन आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको छ ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  २ : ३२ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका