देशका विभिन्न स्थानमा ५ जना मृत फेला | Khabarhub Khabarhub

देशका विभिन्न स्थानमा ५ जना मृत फेला


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशका विभिन्न ठाउँमा ५ जना मृत फेला परेका छन् । सुनसरी, डोटी, अर्घाखाँची, रुपन्देही र काभ्रेमा एक एक जना मृत फेला परेको प्रहरीले जनाएको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका-७ बत्तिसस्थित झुम्का नहरमा सोही ठाउँ बाङगे बस्ने ६२ वर्षीय खड्ग बहादुर कटुवाल आइतबार दिउँसो मृत फेला परेका छन् । शनिबार घाँस काट्न भनी घरबाट निस्केका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा मृत फेला परेका हुन् ।

त्यस्तै अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ ढिकुरा बस्ने ४२ वर्षीया ईन्दिरा कुँवर सोही ठाउँस्थित भिरबाट लडेर आइतबार साँझ मृत अवस्थामा फेला परेकी छन् । घर नजिकै रहेको आफ्नै खरयानमा घाँस काट्न भनी गएकी उनी अबेरसम्म पनि घर नफर्किएपछि खोजी गर्ने क्रममा मृत फेला परेकी हुन् ।

रुपन्देहीको देबदह नगरपालिका-११ कम्दिहरपुरस्थित पाठक ईट्टा भट्टामा लेवर काम गर्ने ओमसतीया गाउँपालिका-६ बस्ने ३८ वर्षीय मोहन कहार उक्त ईटाँभट्टाको कम्पाउण्डभित्र आइतबार साँझ मृत अवस्थामा फेला परेका छन् ।

काभ्रेको पाँचखाल नगरपालिका-८ चौउन्न किलोस्थित चाहखोलाको छेउमा मण्डनदेउपुर नगरपालिका-१ चन्दने बस्ने नवराज दमाईको छोरा ३ वर्षीय सरोज दमाई आइतबार बिहान मृत अवस्थामा फेला परेका छन् । शुक्रबार आमा सुनिता बर्देबासँग मामाघर सिन्धुपाल्चोक मेलन्ची गई घरतर्फ फर्कने क्रममा सरोज उक्त स्थानबाट हराएको भन्ने बुझिन आएको छ ।

त्यस्तै डोटीको पूर्वी चौकी गाउँपालिका-६ मुलापानी बस्ने ४५ वर्षीय भीम बहादुर श्रेष्ठ आइतबार दिउँसो सोही ठाउँस्थित चरी भीरमा मृत अवस्थामा फेला परेका छन् । बुधबार घरबाट पैसा असुली गर्न जान्छु भनि हिँडेका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा मृत फेला परेका हुन् ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  १२ : १८ बजे

पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

भक्तपुर– आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो

गगन थापाको टिप्पणी- बा र भगवान प्रश्नभन्दा माथि !

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई प्रश्न

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा

काठमाडौं– राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा दिएकी छन् । माओवादीबाट