नासाले समुद्री सतह नाप्ने भूउपग्रह आज प्रक्षेपण गर्दै | Khabarhub Khabarhub

नासाले समुद्री सतह नाप्ने भूउपग्रह आज प्रक्षेपण गर्दै


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  नासाले समुद्री सतह नाप्ने भू–उपग्रहको आज प्रक्षेपण गर्ने भएको छ ।  नासाको आधिकारिक वेभसाइटमा उक्त प्रक्षेपणको प्रत्यक्ष प्रसारण समेत गरिने जनाइएको छ ।

नासा र युरोपियन स्पेस एजेन्सीको संयुक्त प्रयासमा बनेको यो भू-उपग्रह अमेरिकाको क्यालिफोर्नियास्थित भ्यान्डेनबर्ग एयर फोर्स बेसबाट नेपाली समय अनुसार राति ११ बजे  प्रक्षेपण गरिने जनाइएको छ ।

पृथ्वीको सतह भन्दा ८३० माइलमाथि नेक्स्ट-जेनरेसन भू-उपग्रहले विश्वभरको समुद्री सतह नाप्ने जनाइएको छ ।

सेन्टिनेल-६ माइकल फ्रेलिच भू-उपग्रहले यसरी अन्तरिक्षबाट विश्वको समुद्री सतहलाई निरन्तर मापन गर्नेछ।

यो भू-उपग्रह स्पेस एक्स फाल्कन ९ रकेटमा प्रक्षेपण हुनेछ। कुनै परिस्थितिका कारण आज यो प्रक्षेपण नभए आगामी दिनमा प्रशस्तै सम्भावना भएको पनि जनाइएको छ।

अन्तरिक्षमा पुगेपछि यस भू-उपग्रहले पृथ्वीभन्दा ८३० माइलमाथिबाट आगामी साढे ५ वर्षसम्म समुद्री सतह नाप्नेछ।

गत ३० वर्षदेखि भू-उपग्रहमार्फत् पृथ्वीको समुद्री सतह नापिँदै आएको छ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ८ : २२ बजे

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा