सिरहामा पेस्तोलसहित युवक पक्राउ | Khabarhub Khabarhub

सिरहामा पेस्तोलसहित युवक पक्राउ


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- प्रहरीले सिरहाको औरहीबाट कटुवा पेस्तोल र गोलीसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा औरही गाउँपालिका ५ निवासी रवीन दास रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दासका साथबाट एक थान सानो पेस्तोल र दुई थान गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।

स्थानीयवासी विनोद यादवलाई गोली हानी हत्या गर्ने योजना बनाएको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले छठपर्व मनाउन घाट पुगेका दासलाई हतियारसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक शर्माले बताए ।

पक्राउ परेका दासमाथि थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहा ल्याइएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ८ : ०२ बजे

हत्या अभियोगमा पक्राउ परेका युवा सार्वजनिक 

काठमाडौं– इलाका प्रहरी कार्यालय बनेपाले ८३ वर्षिय महिलाको हत्या अभियोगमा

अष्ट्रेलियाको जीवनस्तर तथा उत्पादकत्वमा गिरावट

क्यानबेरा– निजी क्षेत्रमा उचित प्रतिस्पर्धाको अभावले अस्ट्रेलियालीहरूको जीवनस्तर खतरामा परेको

चैते धानमा किसानको आकर्षण बढ्दै

भजनी– कैलालीको भजनी नगरपालिका–६ का पतीराम चौधरीले नौ वर्षदेखि चैते

इन्टरपोलमार्फत १३ जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले एक वर्षमा १३ जना फरार अपराधीलाई अन्तर्राष्ट्रिय

एमडीएमएस प्रकरणमा प्राधिकरणका तत्कालीन दुई अध्यक्षसहित २० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– नेपाल टेलिकमको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद तथा