कोरोना संक्रमित वरिष्ठ चिकित्सक डा मुडभरीको निधन | Khabarhub Khabarhub

कोरोना संक्रमित वरिष्ठ चिकित्सक डा मुडभरीको निधन


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वरिष्ठ शल्यचिकित्सक ध्रुब शर्मा मुडभरीको निधन भएको छ। कोरोना संक्रमित डा मुडभरीको ओम अस्पतालमा उपचारका क्रममा शनिबार दिउँसो निधन भएको हो।

ओम अस्पतालका संस्थापक तथा पूर्व अध्यक्ष डा मुडभरीलाई ९ दिन अघि कोरोना पोजिटिभ देखिएको थियो। ७८ वर्षीय डा मुडभरीको स्वास्थ्यमा केही सुधार आएपछि तीन दिन अघि डिस्चार्ज भएर घर गएका थिए।

तर घरमा बाथरुममा लडेर गम्भीर घाइते भएका उनलाई तत्कालै अस्पताल ल्याइएको थियो। अस्पतालमा जाँचका क्रममा उनको छातीमा रगत जमेको पाइएको थियो।

आइसियुमा उपचारकै क्रममा उनको निधन भएको अस्पताल स्रोतले जानकारी दिएको हो । ओम अस्पतालका सञ्चालकसमेत रहेका डा.शर्मा नेपालका वरिष्ठ सर्जन थिए।

डा.मुडभरीको निधनमा ओम अस्पतालले अभिभावक गुमाएको भन्दै दुःख व्यक्त गरेको छ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ७ : ३८ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६