कुवेतमा १३ नेपाली महिलामाथि श्रमशोषण | Khabarhub Khabarhub

कुवेतमा १३ नेपाली महिलामाथि श्रमशोषण

काम लगाउने पारिश्रमिक नदिने



दोहा : वैदेशिक रोजगारीका लागि कुवेत पुगेका १३ नेपाली महिला कामदारमाथि श्रम शोषण भएको पाइएको छ ।

काठमाडौँस्थित गल्फ म्यानेज्मेन्ट म्यानपावर मार्फत विभिन्न समयमा कुवेत पुगेका १३ जना महिलालाई काम लगाएर पारिश्रमिक नदिएको पाइएको हो ।

कुवेतको मंगफस्थित नारायणी सैलुनमा ब्युटिसियनको काम गर्न पुगेका उनीहरु कोरोना महामारी रोकथाम र नियन्त्रण गर्न गरिएको लकडाउनले सैलुन न्द भएपछि समस्यामा परेको एक महिलाले बताइन् ।

आफू सारै समस्यामा परेको बताउँदै उनले नाम नभन्ने सर्तमा भनिन्, ‘लकडाउनको समयमा सैलुन बन्द थियो । त्यो बेलादेखि नै हामीले पारिश्रमिक पाएका छैनौँ । अहिले सैलुन मज्जाले चलेको छ । हामीले काम पनि गरेका छौँ । कम्पनीले हामीलाई पारिश्रमिक भने दिएको छैन ।’

उनले मार्च देखिनै पारिश्रमिक नपाएको गुनासो गरिन । उनले भनिन्, ‘काम लगाउने अनि पैसा नदिने गरेर हामीमाथि चरम श्रम शोषण भएको छ । दिँदा पनि कहिले ५ त कहिले १० केडी मात्र दिन्छ । हाम्रो पनि घरमा परिवार छ, हामीले मात्र खाएर हुदैन पुरै पारिश्रमिक दिनु भन्दा उल्टै काम गर्न मन नभए छोडे हुन्छ भन्दै धम्क्याउने गर्दा थप समस्यामा परेका छौँ ।’

मेनपावर कम्पनीसँग भएको सम्झौता अनुसार सेवा सुविधा र काम पनि नभएको उनले सुनाइन् । भन्छिन्, ‘दैनिक ८ घन्टा काम भनेर एजेन्टले ल्याए पनि अहिले दैनिक १२ घन्टा काम लगाए पनि पारिश्रमिक दिएको छैन । घरबाट पैसा मगाएर खाना खानु पर्ने बाध्यता छ ।’

जनही १ लाख २० हजार रुपैयाँदेखि १ लाख ३५ हजारसम्म तिरेर आएपनि यहाँ नेपालमा म्यानपावर र एजेन्टले भने अनुसारको कुनै सेवा सुबिधा नपाएको उनीहरुले बताएका छन् ।

घरेलु कामदारका रूपमा खाडी मुलुक पुगेका नेपाली महिलामाथि श्रम शोषण हुने गरेको, समयमा तलब नदिने गरेको, बढी समय काममा लगाउने गरेको तथा कतिपय ठाउँमा यौन शोषणसमेत हुने गरेको गुनासो बढ्न थालेको छ ।

समस्या परेको भन्दै कुवेतस्थित नेपाली दूतावास तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) लगायत अन्य सघंसंस्थाहरुमा उद्धारको लागि पहल गरिदिन अनुरोध गरेपनि आफूहरुको गुनासो कसैले पनि नसुनेको पीडितको आरोप छ।

आफूहरुलाई कुवेत ल्याउने एजेन्ट एनआरएनए कुवेतका सदस्य भएको कारण पनि आफूहरुको उद्धारमा संघले कुनै चासो नदेखाएको पीडितहरु बताउँछन् ।

यसै विषयमा गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतका अध्यक्ष सुजन केसीलाई सोध्दा उनीहरुले लगाएको आरोपमा कुनै सत्यता नभएको बताए ।

उनले भने, ‘उनीहरु समस्यामा परेका होलान् । तर उनीहरुले लगाएको आरोपमा कुनै सत्यता छैन । हामीले पीडित महिलाहरूलाई पटक पटक दूतावासमा आनुहोस् हामी कम्पनीको मालिकलाई पनि बोलाउँछौ दूतावासमा छलफल गरौँ भनेका छौँ । तर उहाँहरु नै आउनुहुन्न । सामाजिक सञ्जालमा उहाँहरुका गुनासा पोखिएका छन् । दूतावास र एनआरएनएले सहयोग गरेन भन्ने छ । तर सहयोग गर्छु भन्दा उहाँहरु नै आउनुहुन्न ।’

पीडित महिलालाई उद्धार गर्ने विषयमा विभिन्न समयमा बैठक बसेको भन्दै केसीले वास्तविक समस्या भए दूतावासमा भोली नै उपस्थित हुन् आग्रह गरेका छन् । दूतावास, एनआरएनएले कम्पनीको मालिकसँग समन्वय गर्ने र पीडितहरुलाई हवाई टिकट तथा पीसीआर परीक्षण गरी स्वदेश फर्काउन पहल गर्ने प्रतिबद्धता समेत जनाए ।

आइसीसी सदस्य अमित चाम्लिङ राईले दिएको जानकारी अनुसार भोली आइतबार सैलुनका मालिक, दूतावास, एनआरएनए र पीडित नेपाली महिलाहरुबीच दूतावासमा छलफल गर्न बोलाइएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ११ : ०६ बजे

पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

भक्तपुर– आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो

गगन थापाको टिप्पणी- बा र भगवान प्रश्नभन्दा माथि !

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई प्रश्न

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा

काठमाडौं– राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा दिएकी छन् । माओवादीबाट