अत्याधिक पानी पिउँनुहुन्छ ? यस्तो हुन्छ शरीरलाई हानी | Khabarhub Khabarhub

अत्याधिक पानी पिउँनुहुन्छ ? यस्तो हुन्छ शरीरलाई हानी


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पानी स्वास्थ्यका लागि अत्यावश्यक तरल पदार्थ हो । प्रायजसोले धेरै पानी पिउँनोस् भनेर सुझाएको पनि पाइन्छ ।

तर, आवश्यकताभन्दा धेरैपानी पिउँदा मोटोपन बढ्न सक्दछ ।

सामान्यतया मानिसहरू पानी पिएपछि तौल घट्छ र बोसो पग्लिन्छ भन्ने गर्दछन् । तर, चिकित्सकहरूका अनुसार, एक स्वस्थ व्यक्तिले दिनमा चार लिटर जति पानी पिउनुपर्छ ।

जिम गरेपछि, अभ्यास गरेपछि, धेरै मिहेनत गरेपछि अनि गर्मीमा पानीको मात्रा बढाउनुपर्छ । तर, दिनदिनै ६ लिटर जति पानी पिउन थाल्दा स्वास्थ्यमा असर पर्छ ।

शरीरमा बोसो जम्मा हुन थालेपछि हाम्रो तौल बढ्छ । जमेको बोसोका कोशिकाहरूमा पनि पानी हुन्छन् ।

यस्तो अवस्थामा आवश्यकताभन्दा धेरै पानी पिउँदा मिर्गौलाले शरीरबाट पानी निकाल्न सक्दैन । अनि त्यो बाँकी पानीले शरीरमा इलेक्ट्रोलाइटको सन्तुलन बिगार्दछ ।

त्यसले गर्दा शरीरमा पानी जम्मा हुन्छ र तौल बढ्दछ । यो पानी शरीरबाट निस्कन २४ घन्टा लाग्छ । तर, दिनदिनै धेरै पानी पिउँदा मोटोपन बढ्छ ।

धेरै सोडियम र कम पोटेसियम सेवन गर्दा बढी प्यास लाग्छ । नून सोडियमबाट बनेको हुन्छ र धेरै नूनिलो खाने मानिसलाई बढी प्यास लाग्छ ।

नूनले कोशिकाहरूबाट पानी बाहिर निकाल्छ । तपाईले धेर नूनिलो खाने गर्नुभएको छ भने तपाईका कोशिकाले मस्तिष्कलाई छिटोछिटो प्यास लागेको संकेत गराउँदछ ।– एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ५ : ४९ बजे

संघीय संसदका ७ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद्अन्तर्गतका विभिन्न सातवटा संसदीय समितिका बैठक आज बस्दै

नेपाल प्रहरीका जोशी र ढकाल एआईजी बढुवामा सिफारिस

काठमाडौँ– नेपाल प्रहरीका दुई डीआईजी एआईजीमा सिफारिस भएका छन् ।

बास्केटबलमा एनबिए र सिकागो बुल्सको लोकप्रियता

‘सिकागो बुल्स’ खेलकुदको एउटा ब्रान्ड हो। सन् १९९० र सन्

मधेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

वीरगन्ज– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आजदेखि

काठमाडौँ– १४औँ राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता– २०८० आजदेखि सुरु