पत्थरी भयो ? थाहा पाउनोस् के खाने, के नखाने | Khabarhub Khabarhub

पत्थरी भयो ? थाहा पाउनोस् के खाने, के नखाने


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मानव शरीरको विकार वस्तुमध्ये पिसाब एक प्रकारको जटिल रसायन हो । यसमा पत्थरी बनाउने र पत्थरी बन्न नदिने दुईवटै तत्व हुन्छ ।

पिसाबमा रहेको क्याल्सियम र ओक्जालेटले पत्थरी बनाउँछ भने नेफ्रोक्याल्सिन, युरोपोन्टिन र ट्याम–हर्सफल प्रोटिनले पत्थरी बन्न दिँदैन ।

कुनै कारणवश पिसाबमा पत्थरी बन्ने तत्व बढ्यो भने यो समस्या उत्पन्न हुन्छ । मिर्गौलामा उत्पन्न हुने विविध समस्यामध्ये पत्थरी पनि एउटा हो ।

अव्यवस्थित जीवनशैली र खानपानका कारण मिर्गौलामा पत्थरी हुने गर्छ । त्यसैले सही खानपानले पनि यस्तो पत्थरीबाट बच्न सकिन्छ ।

यस्ता खानेकुरा खानुस्

१. भिटामिन सीको राम्रो स्रोत मानिने कागतीमा हुने सिट्रेट नामक तत्वले क्याल्सियम अक्जलेट पत्थरी हुनबाट बचाउँछ ।

२. गहतको दाल सेवनले पत्थरी रोग नियन्त्रणमा निकै सघाउ पुर्‍याउँछ । यसले मिर्गौलामा बनेको पत्थरी सहजै निकाल्न मद्दत गर्दछ ।

३. गाजरमा हुने पायरोफा स्फेट र वनस्पतीय अम्लले पत्थरी बन्ने प्रक्रियालाई रोक्ने काम गर्छ । यसका साथै गाजरमा पाइने केरोटिनले मूत्रनलीमा हुने घाउ निको पार्दछ ।

४. पत्थरी भएका व्यक्तिले अन्य समयमा भन्दा बढी पानी पिउँनु जरुरी हुन्छ । बढी पानी पिउँदा पिसाबको मात्रा बढ्छ र मिर्गौलामा बनेको पत्थरलाईं बगाएर फ्याक्न मद्दत गर्छ ।

५. पत्थरी हुँदा नरिवल पानी पिउँनु निकै लाभदायक मानिन्छ । यसमा पत्थर बन्न रोक्ने र बढ्न नदिने गुण रहेको हुन्छ । जसले मिर्गौलामा पत्थरी बन्ने प्रक्रियालाई रोक्ने काम गर्छ ।

६. पत्थरी भए हरियो मकैको चिया पिउँनु लाभदायक हुन्छ । मकैमा हुने प्रोटीन, कार्बोहाइड्रेट्स, भिटामिन र मिनिरल्सको मात्राले मूत्र उत्सर्जनलाई बढाउने गर्दछ । साथै यसको सेवनले पत्थरी बन्ने क्रियालाई रोक्दछ ।

७. मिर्गौला सम्बन्धि समस्या उपयोगी जौंको माड पत्थरी, मिर्गौला तथा मुत्रमार्गको संक्रमणबाट बचाउन उपयोगी मानिन्छ । तसर्थ जौंको माड बनाएर पिउनुहोस् ।

८. भुई कटहरमा पनि पत्थरीलाई गाल्ने इञ्जाइम हुन्छ । यसले पत्थरीका बिरामीलाई राहत पुर्‍याउँछ  ।

९. पत्थरीका बिरामीलाई केराले पनि लाभ पुर्‍याउँछ । केरामा पाइने भिटामिन बी ६ ले अक्जलिक एसिडलाई तोडेर आक्जेलेट क्रिस्टल बन्नबाट बचाउँछ ।

१०. बदामले स्वास्थ्यमा निकै फाइदा पुर्‍याउँछ । मिर्गौलाको पत्थरीमा यो अत्यन्त लाभदायक मानिन्छ । यसको सेवनले मिर्गौलामा पत्थरी बन्न दिँदैन ।

यी खानेकुरा नखानुहोस्

पत्थरीका विरामीले फलफुलमा कालो अंगुर, काक्रो, अमलाको सेवन गर्नु हुँदैन । यस्ता फलमा अक्जलेटको मात्रा बढि हुन्छ ।

जसले क्याल्सियमसंग मिलेर क्याल्सियम अक्जालेट क्रिस्टल बनाउँछ । साथै तरकारीमा पालुंगोको साग, गोलभेडाको प्रयोग गर्नु हुँदैन । त्यस्तै पत्थरीका बिरामीले फूलकोबी, भेन्टा, च्याउ, फर्सीजस्ता तरकारी पनि खानु हुदैँन ।

यी तरकारीमा युरिक एसिड बनाउने प्यूरिन न्यूक्लियोटाइडको मात्रा हुन्छ । जसले अक्जलेटको क्रिस्टल बनाउँछ र पत्थरीको समस्या उत्पन्न गराउँछ ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ५ : ४१ बजे

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को

राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरि काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तनको औचित्य पुष्टि

कालीगण्डकीमा भिटामिन ‘डी’ को खोपसहित दुईदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न 

स्याङ्जा– कालीगण्डकी गाउँपालिका स्याङ्जामा गाउँपालिका र गाउँसेवा परिवार कालीगण्डकी गाउँपालिका

लण्डन म्याराथन दौड : नेपालका कुशल दीक्षित छनोट

काठमाडौँ– विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका