आईपीएलको सट्टेबाजी गर्ने ३ पक्राउ, १ लाख ७७ हजार रुपैयाँ बरामद | Khabarhub Khabarhub

आईपीएलको सट्टेबाजी गर्ने ३ पक्राउ, १ लाख ७७ हजार रुपैयाँ बरामद


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)का खेलमा सट्टेबाजी गरेको आरोपमा प्रहरीले बाराको कलैयाबाट तीन जनालाई पक्राउ गरेको छ ।

कलैया उपमहानगरपालिका–१ राजदेवी टोल बस्ने २५ बर्षका राजुकुमार यादव, २७ बर्षका दीपककुमार सरार्फ र मोतिबाग टोल बस्ने २९ बर्षका रवि दासलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट सट्टेबाजीका लागि प्रयोग गरेको बिभिन्न बैंकको चेक, नगद १ लाख ७७ हजार ५० रुपैयाँ र मोबाइल २ थान समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रले जानकारी दिए ।

उनीहरु विरुद्ध सट्टाबाजी मुद्दा अन्तर्गत बारा जिल्ला अदालतबाट म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ९ : ०५ बजे

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।