धादिङमा कोरोना संक्रमित तीन जनाको मृत्यु  | Khabarhub Khabarhub

धादिङमा कोरोना संक्रमित तीन जनाको मृत्यु 


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ- कोभिड –१९ को संक्रमणका कारण दुई दिनका अवधिमा धादिङका तीन जनाले ज्यान गुमाएका छन् ।

नेपाल बार एशोसिएशन धादिङका संस्थापक अध्यक्ष अधिवक्ता गोबिन्दबहादुर श्रेष्ठको संक्रमणबाट मृत्यु भएको छ । ८३ वर्षीय श्रेष्ठको उपचारका क्रममा काठमाडौंको अल्का अस्पतालमा मृत्यु भएको हो ।

निमोनिया र दमको समस्याबाट पीडित श्रेष्ठका दुई छोरा र चार छोरी छन् । श्रेष्ठ धादिङ बार एशोसिएशनको २०४६ सालमा स्थापना हुँदा अध्यक्ष थिए ।

यसैगरी कोरोना भाइरसको संक्रमणबाट ज्वालामुखी गाउँपालिका वडा नं ७ का मोहन लोहनीको आज मृत्यु भएको छ । उनको काठमाडौँ मेडिकल कलेज (केएमसी) मा उपचारका क्रममा मृत्यु भएको हो ।

लामो समयदेखि युवा राजनीतिमा संलग्न लोहनी पूर्वमाओवादी केन्द्र निकट वाइसीएल नेपालका केन्द्रीय सदस्यसमेत बनेका थिए ।

यसैगरी तत्कालीन बसेरी गाविसका पूर्वअध्यक्ष डम्बरबहादुर ढकालको पनि कोरोनाले मृत्यु भएको छ ।

मृत्युपछि परिवारका निश्चित केही व्यक्तिले उनको अन्त्यष्टि गरेका छन् । उनको मृत्युपछि कोरोना पुष्टि भएको हो ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ६ : ४३ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन