अर्थमन्त्री पौडेल र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता | Khabarhub Khabarhub

अर्थमन्त्री पौडेल र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच भेटवार्ता भएको छ ।

भेटमा मन्त्री पौडेलले नेपाल-अमेरिकाबीचको सम्बन्धबारे चर्चा गर्दै अमेरिका सरकारले नेपालको विकासमा निरन्तर गर्दै आएको सहयोगका लागि धन्यवाद दिएको मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री र राजदूतबीच द्विपक्षीय आर्थिक सहयोग, कोभिड-१९ महामारीको नियन्त्रण र सोपछिको आर्थिक पुनरुत्थानमा हुने सहयोगलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

राजदूत बेरीले अर्थमन्त्रीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए ।

उनले अमेरिकाबाट प्राप्त हुने सहायता कोरोना भाइरस नियन्त्रणमा केन्द्रित गरेको उल्लेख गर्दै आगामी दिनमा अमेरिकी सरकारको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ४ : ०९ बजे

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्