स्वास्थ्यका लागि फलफूलका बोक्रा पनि उपयोगी | Khabarhub Khabarhub

स्वास्थ्यका लागि फलफूलका बोक्रा पनि उपयोगी


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रायः हामी फलफूल खाएर त्यसको बोक्रा फाल्ने गर्दछौँ । सामान्य रुपले बुझ्दा फलफूलको बोक्राको कुनै उपयोगीता हुदैन । तर यसरी फालिने फलफूलका बोक्राबाट हुने फाइदा बारे कतिपय हामी अनभिज्ञ छौँ ।

हामीले उपयोगहीन ठानेर फालेको बोक्रामा समेत धेरै प्रकारको पोषण र एन्टीओक्सिडेन्ट पाइन्छ । जसले हाम्रो स्वास्थ्य देखि सुन्दरता बढाउँनसम्म मद्दत गर्दछ । त्यसैले हामीले फाल्ने फलफूलका बोक्राहरुलाई सुकाएर वा पानीमा घोलेर विभिन्न प्रयोगमा ल्याउन सके यसले हामीलाई निकै लाभ पुर्याउँछ ।

कुन फलफूलको बोक्रा के मा उपयोगी ?
१. कागती
कागतीको बोक्रा र बेकिङ सोडा मिसाएर हातखुट्टामा दलेमा घामबाट डढेको वा छालाको कालोपन हटेर जान्छ ।
२. सुन्तला
सुकेको सुन्तलाको बोक्रा पिसेर त्यसमा दही मिसाएर बनेको लेप अनुहार लगाएर १५ मिनेटपछि धोएमा अनुहारमा चमक आउँछ ।
३. आलु
आलुको बोक्रालाई पिसेर छालामा दलेमा घामको कडा किरणबाट बचाउँने गर्दछ ।
४. केरा
केराको बोक्रालाई जुत्तामा घोट्नाले जुत्ता टल्कने गर्दछ ।
५. ओखर
ओखरको कडा बोक्रालाई पानीमा आधा घण्टा जति उमालेर त्यसको पेस्ट बनाएर कपालमा लगाउनले यसले कपाललाई प्राकृतिक कालो बनाउँन मद्दत गर्ने गर्दछ ।
६. अनार
अनारको बोक्रालाई सुकाएर पिस्ने, पिसेको बोक्रालाई पानीमा राखेर मनतातो बनाउने, त्यो मनतातो पानीले कुल्ला गर्नाले घाँटी दुख्ने समस्याबाट राहत मिल्ने गर्दछ ।
७. काँक्रा
काँक्राको बोक्रा तासेर त्यसलाई पिसेर लेप बनाई १० मिनेट जति आँखाको मुनी लगाएमा डार्क सर्कल हराएर जान्छ ।
८. लसुन
लसुनको बोक्रालाई पानीमा उमालेर त्यसलाई मनतातो बनाई कपाल नुहाउँदा कपाल बढ्ने गर्दछ ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  २ : १४ बजे

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

इस्लामावाद – पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी)ले बिहीबार आफ्नो

वैदेशिक रोजगारमा जानेलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न आग्रह

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको

नियम विपरीत राखिएका व्यक्तिगत सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले नियम विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई