पाँच वर्षपछि बन्यो रानीपोखरी, आजै राष्ट्रपतिबाट उद्घाटन | Khabarhub Khabarhub

पाँच वर्षपछि बन्यो रानीपोखरी, आजै राष्ट्रपतिबाट उद्घाटन


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भूकम्पले भत्किएको ऐतिहासिक रानीपोखरी पुनर्जीवित भएको छ ।

भूकम्पले भत्काएको पाँच वर्षपछि पूर्ववत अवस्थामा पुगेको रानीपोखरी झकिझकाउ भएको छ । रंगरोगन, बत्ती जडान गरेर सिंगारपटार गरिएको रानीपोखरी पाँच वर्षपछि लोभलाग्दो भएको छ ।

१८औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ माघ २ गते शिलान्यास गरेको रानीपोखरी राष्ट्रपति भण्डारीबाटै आज उद्घाटन भएको छ ।

यसअघि गएको वैशाख १२ गते तथा संविधान दिवसका दिन असोज ३ मासमेत उद्घाटनको तयारी भए पनि कोरोनाका कारण ढिलो भएर रानीपोखरी उद्घाटन हुन सकेको थिएन ।

२०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुननिर्माण सम्पन्‍न भएकाले बुधबार उद्घाटन गरिएको सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले बताए ।

यसअघि गुम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदनअनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गरिएको छ ।

आज राष्ट्रपतिले रानीपोखरी उद्घाटन गरेसँगै सबैका लागि खुला हुनेछ । बालगोपालेश्वर (यमलेश्वर) मन्दिर परम्परागत मान्यता अनुसार यस वर्षको एक दिन भाइटीकामा खुल्ने छ ।

बगैँचा तथा पोखरीको सुरक्षामा केही समय रानीपोखरीमा सुरक्षाकर्मीसमेत खटाइने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताएका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  १२ : ५० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६