शान्ति सम्झौतापछि पनि रोकिएन अजरबैजान र अर्मेनियाको युद्ध | Khabarhub Khabarhub

शान्ति सम्झौतापछि पनि रोकिएन अजरबैजान र अर्मेनियाको युद्ध


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- दोस्रो पटक शान्ति सम्झौता भएको भनिएको अजरबैजान र अर्मेनियाबीच झन् धेरै भिडन्त भएको छ ।

बीबीसीका अनुसार काराबाखको उत्तरी र दक्षिणी क्षेत्रमा मंगलबार बिहानदेखि भिडन्त जारी छ ।

अर्मेनियाको रक्षा मन्त्रालयका प्रवक्ता सुसन स्टेपनयानका अनुसार दक्षिण क्षेत्रमा युद्ध भइरहेको छ । उत्तरी क्षेत्रमा अजरबैजानका सेनाले एयरक्राफ्टको प्रयोग गरेको दाबी गरिएको छ ।

अस्थायी शान्ति सम्झौता उल्लंघन भएको भन्दै गत आइतबार फेरि नयाँ सम्झौता गरिएको थियो । त्यसपछि त्यहाँ शान्ति छाउने अपेक्षा गरिएकोमा झनै युद्ध बढेको छ ।

दुई देशबीच गएको सेप्टेम्बर अन्तिमबाट सीमा क्षेत्र नागोर्नो–काराबाख क्षेत्रमा भीडन्त भइरहेको छ । विवादित उक्त क्षेत्र अन्तर्राष्ट्रिय रुपमा अजरबैजानको भएको उल्लेख छ। तर, त्यस क्षेत्रमा आदिबासी अर्मेनियनहरू बस्दै आएका छन् ।

सन् १९९० को दशकको सुरुमा भएको सीमा भिडन्तमा हजारौँ मानिसको ज्यान गएको थियो ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ७ : ५६ बजे

नेपाल हङकङसँग पराजित

काठमाडौं- नेपाल हङकङसँग पराजित भएको छ । एसीसी प्रिमियर कप

अमेरिकी विद्युतीय निगरानी उपकरणको प्रयोग गर्न सिनेटको अनुमति

वासिङ्टन– विदेशमा रहेका अमेरिकी गुप्तचर निकायहरूले व्यापक रूपमा प्रयोग गर्ने

खुट्टा तान्नेले जुत्ता मात्रै पाउँछन् : रवि लामिछाने

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको साथ रहुन्जेल

आईओसीद्वारा ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्डा सुरू

काठमाडौं– अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले शुक्रबार ओलम्पिक आर्टिफिसिएल इन्टेलिजेन्स

याङ्जाकोटमा बढ्दै पर्यटक

लेखनाथ– कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा नयाँ वर्षसँगै पर्यटकको सङ्ख्या बढेको