च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार सुरूवात | Khabarhub Khabarhub

च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार सुरूवात


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले शानदार जित हात पारेको छ ।

मंगलबार राति समूह चरणको पहिलो खेलमा हंगेरियन क्लब फेरेन्सभरोसलाई ५–१ हराउँदै बार्सिलोनाले च्याम्पियन्स लिगमा शानदार सुरुवात गरेको हो ।

लियोनल मेस्सीले २७औं मिनेटमा पेनाल्टीमार्फत बार्सिलोनालाई अघि बढाएका थिए । अंशु फातीले ४२औं मिनेटमा बार्सिलोनाको अग्रता दोब्बर बनाए । फिलिप कौटिन्होले ५३औं मिनेटमा बार्सिलोनाका लागि तेस्रो गोल गरे ।

६८औं मिनेटमा जेरार्ड पीके रातो कार्ड खाँदै मैदान बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सीमित बनेको थियो । पीकेको रातो कार्ड बार्सिलोनालाई महङ्गो पर्ने देखिन्छ । उनले युभेन्ट्सविरुद्धको अर्को खेल गुमाउनेछन् ।

खरातिनले ७०औं मिनेटमा पेनाल्टीमा गोल गर्दै पाहुना टोलीका लागि एक गोल फर्काए ।

बार्सिलोनाका गोन्जालेजले ८२औं मिनेटमा बार्सिलोनालाई ४–१ को अवस्थामा पुर्‍याए । खेल सकिन एक मिनेट बाँकी हुँदा उसमान डेम्बेलेले बार्सिलोनाका लागि पाँचौ गोल गरेका थिए ।

जितसँगै बार्सिलोनाले समूह ‘जी’को खेलमा ३ अंक जोडेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ६ : ४३ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०