च्याम्पियन्स लिगमा युभेन्ट्सको विजयी सुरूवात | Khabarhub Khabarhub

च्याम्पियन्स लिगमा युभेन्ट्सको विजयी सुरूवात


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब युभेन्ट्सले विजयी सुरुवात गरेको छ ।

मंगलबार राति भएको समूह चरणको पहिलो खेलमा युक्रेनी क्लब डाइनामो किभलाई २-० गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले विजयी सुरुवात गरेको हो ।

किभको मैदानमा अल्भारो मोराटा चम्किएपछि युभेन्ट्सले सुखद सुरुवात गरेको हो । घरेलु टोलिसँग पहिलो हाफ गोलरहित बराबरी खेलेको युभेन्ट्सका लागि दुबै गोल मोराटाले गरे ।

खेलको ४६औं मिनेटमा मोराटाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८४ औं मिनेटमा मोराटाले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई २-० को जित दिलाए ।

मोराटा यसै सिजन एट्लेटिको मड्रिडबाट लोनमा युभेन्ट्स फर्किएका हुन् । र, च्याम्पियन्स लिगको पहिलो खेलमै उनले शानदार प्रदर्शन गरेका छन् ।

जितसँगै समूह ‘जी’ को युभेन्ट्सले ३ अंक जोडेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ६ : १७ बजे

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५