नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक असोजमा हुने | Khabarhub Khabarhub

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक असोजमा हुने


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक असोज १९ गते हुने भएको छ ।

सोमवार कांग्रेसले एक विज्ञप्ति जारी गर्दै असोज १९ गते दिउँसो दुई बजे केन्द्रीय समितिको बैठक बस्ने बताएको हो ।

उक्त बैठकमा कांग्रेसको १४ औं महाधिवेशनको तयारीबारे छलफल हुने बताइएको छ । साथै विज्ञप्तिमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई बैठकमा उपस्थित हुनका लागि अनुरोध समेत गरिएको छ ।

बैठकमा सहभागी हुन पीसीआर परीक्षण गराउनुपर्ने पनि जनाइएको छ । त्यसका लागि कांग्रेसले असोज १५ गते पीसीआर परीक्षण गराउनेछ । उक्त परीक्षण बिहान ११ बजेदेखि ३ बजेसम्म गराउने पनि विज्ञप्तिमार्फत जनाइएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ७ : २९ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र