६ महिना पछि तुम्लिङटार विमानस्थल सञ्चालनमा | Khabarhub Khabarhub

६ महिना पछि तुम्लिङटार विमानस्थल सञ्चालनमा


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खाँदबारी – लकडाउनको झन्डै सात महिनापछि सङ्खुवासभाको तुम्लिङटार विमानस्थल सञ्चालनमा आएको छ ।

सोमबार बुद्ध र यति एयलाइन्सले तीन उडान गरेको छ । बुद्धले काठमाडौँ तुम्लिङटार, तुम्लिङटार विराटनगर र तुम्लिङटार काठमाडौँ उडान गरेको छ । त्यस्तै यतिले काठमाडौँ तुम्लिङटार काठमाडौँ एक एक उडान गरेको छ ।

स्वास्थ्य मापडण्डको पूर्ण पालना गरेर उडान शुरु गरिएको नागरिक उडड्यन कार्यालय तुम्लिङटारका प्रमुख केशव लम्सालले बताए ।लम्सालका अनुसार एयरपोर्टको १ नम्बर गेटबाट यात्रुबाहेक अन्यलाई प्रवेश निषेध गरिएको छ ।

यात्रु र विमानका कर्मचारीका लागि पञ्जा, स्यानीटाइजर, मास्क, फेस सिल्ड लगायतका स्वास्थ्य सामाग्री अनिवार्य गरिएको छ । तीन फिट दूरी कायम गरेर विमानस्थलको चेकपोष्ट र यात्रु सहायता कक्ष निर्माण गरिएको छ । चैत ११ पछि तुम्लिङटार विमानस्थल बन्द थियो ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ७ : ०८ बजे

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्