उपत्यकामा ६७४ सहित देशभर कहाँ कति थपिए संक्रमित ? (विवरणसहित) | Khabarhub Khabarhub

उपत्यकामा ६७४ सहित देशभर कहाँ कति थपिए संक्रमित ? (विवरणसहित)


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज देशभर १ हजार १५४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिले १९६ जना कोरोनाभाइरस संक्रमितको आईसीयूमा उपचार भइरहेको छ ।

यस्तै ३१ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल क्वारेन्टिनमा ७ हजार ४०३ जना छन् । डिस्चार्ज हुने संक्रमितको संख्या ४७ हजार २३८ पुगेको छ ।

यस्तै आज देशभर ११५४ संक्रमित थपिँदा कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै आज ६७४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा ५३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएसँगै देशभर मृतकको कुल संख्या ४२७ पुगेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ५ : ०६ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका