२४ घण्टामा १ हजार १५४ संक्रमित थपिए | Khabarhub Khabarhub

२४ घण्टामा १ हजार १५४ संक्रमित थपिए


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ६५ हजार दुई सय ७६ पुगेको छ ।

गएको २४ घण्टामा एक हजार एक सय ५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार एक सय ५४ जनामा सङ्क्रमण देखिएको हो । गएको २४ घण्टामा एक हजार पाँच जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ४७ हजार २३८ पुगेको छ ।

अब नेपालमा १७ हजार ६११ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा छन् । यस्तै सात हजार चार सय तीन जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा १६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४२७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ४ : २८ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही