कोरोना परीक्षण गराउनेको टेकु अस्पतालमा भीड, कायम भएन सामाजिक दूरी (फोटो फिचर) | Khabarhub Khabarhub

कोरोना परीक्षण गराउनेको टेकु अस्पतालमा भीड, कायम भएन सामाजिक दूरी (फोटो फिचर)


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना भाइरस परीक्षण गर्न जानेको संख्या झनै बढेको छ ।
उपत्यका प्रवेशमा खुल्ला गरेपछि राजधानी आउने सर्वसाधारणको संख्या बढेको छ । उपत्यकाभित्रै संक्रमितको संख्यामा बृद्धि भएसंगै कोरोना जाँच गराउनेको संख्या पनि बढेको हो ।

कोरोना जाँच गराउन गएपछि भीडका कारण टेकुमा सामाजिक र भौतिक दूरी भने पालना भएको छैन । जसका कारण अस्पतालबाहिरैबाट कोरोना संक्रमणको जोखिम बढेको छ ।

परीक्षण गर्न गेट बाहिर दिनहुँ लामो लाइन र भीड हुने गरेको अस्पतालले जनाएको छ ।

परीक्षण गर्न पुगेका मध्ये केहीले नजिकैको व्यक्तिमा कोरोना देखिएकाले जाँच गराउन आएको बताएका छन् भने केहिले भने घरबेटीले कोरोना रिपोर्ट मागेकाले परीक्षण गर्न आएको बताएका छन् ।

अस्पतालमा हालसम्म करिव २९ हजार बढीको कोरोना परीक्षण गरिएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ३ : ४८ बजे

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको