ठेकेदारले काम नगर्दा जनप्रतिनिधिलाई हैरानी ! | Khabarhub Khabarhub

ठेकेदारले काम नगर्दा जनप्रतिनिधिलाई हैरानी !



पोखरा– बाग्लुङको गल्कोट नगरपालिका ८ काँडेबासको निर्माणाधीन मोटरेबल पुल निर्माण कार्य सम्पन्न गर्नुपर्ने समय दुई वर्ष बितिसक्दा पनि निर्माण कार्य पूरा हुन सकेको छैन।

६ करोड १७ लाख लागतमा निर्माण सम्पन्न गर्ने गरी ठेकेदार कम्पनी वाईपी कन्स्ट्रक्सनले वि.सं. २०७३ सालमा ठेक्का सम्झौता गरेको थियो । २०७५ सालमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भए पनि कन्ट्रक्सनले नियमित रुपमा काम नगर्दा पुल निर्माण कार्य अलपत्र परेको छ ।

उक्त मोटरेबल पुलको ५० प्रतिशत काम पनि हुन सकेको छैन ।

ठेकेदार कम्पनीले काम नगरेको भन्दै स्थानीय जनप्रतिनिधिहरु सडक डिभिजन कार्यालय बाग्लुङदेखि मन्त्रालयसम्म धाइरहेका छन् । ठेकेदारले काम गरेन भनेर सडक डिभिजन कार्यालयदेखि कैयौंपटक मन्त्रालय धाए पनि ठेकेदारले नटेरेको गल्कोट नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष रामप्रसाद कँडेलले बताए ।

‘दुई वर्षअघि नै काम सम्पन्न गर्नुपर्ने हो, तर ठेकेदार कम्पनीले काम नगरिदिँदा हामीलाई जनप्रतिनिधि भन्न पनि लाज भएको छ,’ उनले भने । पुल निर्माणको काम नाजुक अवस्थामा पुगेको र आफूले ठेकेदारलाई भन्दा भन्दा हैरानी भएपछि मन्त्रालयसम्मै डेलिगेशन गएको वडा अध्यक्ष कँडेलले बताए ।

निर्माण शुरु भएपछि पटक पटकको बाढीले गर्दा समयमा काम सम्पन्न हुन नसकेपछि एक वर्ष समयअवधि पनि थपिएको थियो ।

सडक डिभिजन कार्यालय बागलुङका प्रमुख राजेश्वर लम्सालका अनुसार नियामवलीको ९ औ संशोधनको नाममा सरकारले १ वर्ष पुनः म्याद थप गरिदिएको हो । तर म्याद थप गरिए पनि निर्माण कार्य अघि बढ्न नसक्दा पुनर्निर्माणको काम अलपत्र परेको स्थानीय बताउँछन् ।

निर्माण कम्पनी वाईपी कन्स्ट्रक्सनका सञ्चालक रवीन जोशी भने निर्माण कार्य जारी रहँदा पटक पटक आएको बाढीले निर्माण कार्यलाई अवरोध पुर्‍याएको बताउँछन् ।

दक्षिणतर्फबाट निर्माण शुरु गरिएको तर शुरुमै बाढी पसेर काममा अवरोध आएको उनको भनाइ छ । अघिल्लो एक वर्षअघि वैशाखमा आएको बाढीले पुरेर निर्माणको काम अवरोध भएको जोशीले बताए । तर पनि काम नरोकिएको उनको दावी छ ।

पछिल्लो समय कोरोना भाइरस कोभिड १९ संक्रमणले गर्दा कामले निरन्तरता पाउन नसकेको जोशीले बताए । भदौदेखि निर्माण कार्यलाई पुनः निरन्तरता दिने तयारी भइरहँदा जिल्ला जिल्लामा भएको निषेधाज्ञाले फेरि अवरोध भएको जोशीले बताए । खोलालाई अहिले डाइभर्सन गर्ने अवस्था पनि नरहेको जोशीको भनाइ छ ।

निर्माण कम्पनीका ठेकेदार जोशीले कहिले बाढी र कहिले कोरोना कहरले कामले गति लिन नपाउँदा निर्माण कार्य ढिला भएको बताए पनि स्थानीयबासी स्वीकार्न तयार छैनन् । बाढी र कोरोना भन्ने कुरा ठेकेदारको बाहनाबाजी मात्रै भएको गल्कोट ८ का वडाध्यक्ष कँडेल बताउँछन् ।

समयमा काम सम्पन्न नभएपछि ठेक्का रद्द गरी नयाँ ठेक्का दिनुपर्ने स्थानीयको माग छ । तर निर्माणको बीचमा ठेक्का रद्द गरी नयाँ प्रक्रियामा जाँदा झनै ढिला हुने डिभिजन सडक कार्यालयका प्रमुख लम्साल बताउँछन् ।

लामो समयदेखि पुल निर्माणको कार्य अलपत्र परेको भन्दै सडक डिभिजन, जिल्ला प्रशासनदेखि मन्त्रालयसम्म धाउनु परेको जनप्रतिनिधहरुले बताइरहँदा बाग्लुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानले भने मोटरेबल पुल निर्माणबारे अनभिज्ञता प्रकट गरे ।

काँडेबासको पचुवामा बन्न लागेको यो पुलले निर्माण सम्पन्न भएपछि गल्कोट नगरपलिकाको वडा नम्बर ८ र ९ लाई जोड्दछ । यो पुल निर्माणपछि चन्द्रकोटका साथै बरेङ गाउँपालिकाका बासिन्दालाई समेत सहज हुनेछ ।

मोटरेबल पुल नहुदाँ गलकोट नगरपालिका वडा नम्बर ८ काँडेबास, मुसिकोट नगरपालिकाको वडा नम्वर ९, चन्द्रकोट गाउँपालिका र बरेङ गाउपालिकाका बासिन्दालाई समस्या परेको छ ।

सो क्षेत्रमा दरम खोलाको बाढीले समस्या हुनुका साथै आवतजावतमा समस्या हुने भएकाले स्थानीय घण्टौ हिडेर झोलुङगे पुलसम्म जानुपर्ने बाध्यता छ । पचुवा खोलामा पुल नबन्दा सुत्केरी, बिरामी लगायतलाई अस्पताल लैजान समस्या परेको छ ।

यही खोलाले गल्कोटको ८ र ९ नम्बर वडालाई छुट्याएको छ । पचुवाको मोटरेबल यो पुलले यहाँका बासिन्दालाई पुष्पलाल मध्यपहाडी लोकमार्गसम्म जोड्नेछ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ३ : ३२ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द