साउदीमा आइतबार अहिलेसम्मकै कम संक्रमित, ५ महिनामा ५२ नेपालीको मृत्यु | Khabarhub Khabarhub

साउदीमा आइतबार अहिलेसम्मकै कम संक्रमित, ५ महिनामा ५२ नेपालीको मृत्यु



दोहा- साउदी अरबमा केही दिनयता कोरोना भाइरस कोभिड-१९ बाट संक्रमित हुनेको सङ्ख्या घट्दै जान थालेको छ ।

दैनिक ५ हजारसम्म सङ्क्रमितको भएको साउदीमा केही दिनयता संक्रमण दर घट्दै गएको हो ।

शनिबार ५५१ जनामा संक्रमण देखिएकोमा आइतबार नयाँ संक्रमितको संख्या ६८ ले कम भएको छ । अर्थात् आइतबार ४८३ जनामा मात्रै संक्रमण देखिएको छ ।

यो सङ्ख्या ५ महिना यताकै सबैभन्दा न्यून रहेको साउदी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् भने २७ जनाको मृत्यु भएको जनाएको छ ।

साउदीमा अहिलेसम्म कोरोना संक्रमित ३ लाख २९ हजार ७ सय ५४ जना पुगेका छ ।

अहिलेसम्म उपचारपछि घर फर्किनेको सङ्ख्या ३ लाख १० हजार ४ सय ३९ जना रहेको मन्त्रालयले जनाएको छ ।

साउदीमा आइतबारसम्म कोरोना संक्रमणबाट ४ हजार ४ सय ८५ जनाले मृत्यु भएको छ । यसमध्ये ५२ जना नेपालीको कोरोना संक्रमणले मृत्यु भएको साउदी अरबका लागि नेपाली राजदूत डा.महेन्द्रसिंह राजपुतले जानकारी दिए ।

साउदीले सुरुवाको केहि समय नेपाली दूतावासको आग्रहमा सङ्क्रमित नेपालीको सङ्ख्या उपलब्ध गराए पनि पछिल्लो समयमा आएर सङ्क्रमितको राष्ट्रियतबारे खुलाएको छैन ।

यसै कारण साउदी अरबमा के कति नेपाली कोरोनाबाट संक्रमित छन् भन्नेबारे नेपाली दूतावाससंग पनि तथ्याङक छैन ।

यद्यपि धेरै नेपालीहरु अहिले निको भएर नियमित काममा फर्किसकेको दूतावासले जनाएको छ । साउदी सरकारले आगामी १ जनवरीदेखि कोरोना भाइरसका कारण लगाइएका सबै प्रतिबन्ध हटाउने घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  १ : ४२ बजे

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका

सिरहाबाट कटुवा पेस्तोलसहित बाबु–छोरा पक्राउ

सिरहा । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित बाबु छोरालाई पक्राउ गरेको

आजका समाचार : प्रचण्ड-देउवाबीच भेटदेखि राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामासम्म

प्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ? प्रधानमन्त्री पुष्पकमल

पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु

धनकुटा– ग्याँस लोड गर्दैगरेका चालकको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको