बुढेसकालमा अल्जाइमर रोगको आघात « Khabarhub
Logo
६ कार्तिक २०७७, बिहीबार

बुढेसकालमा अल्जाइमर रोगको आघात



सेप्टेम्बर २१ लाई हरेक वर्ष विश्वभरि अल्जाइमर चेतना दिवसका रूपमा मनाउने गरिन्छ । यो रोगको बारेमा एल्वाइ अल्जाइमरले सन् १९०६ मा एक पत्रिकामा लेखमार्फत जानकारी गराएका थिए । यो बिर्सिने रोग अर्थात विस्मृति–रोगलाई उनकै नाममा ‘अल्जाइमर रोग’ भन्न थालिएको हो । एल्वाइ अल्जाइमर जर्मनी नागरिक हुन् । उनी न्यूरोपेथोलजिष्ट थिए ।

मस्तिष्कमा असामान्य प्रकारको प्रोटिन जम्मा भई मस्तिष्कका कोषहरूलाई क्षति पुर्‍याउनाले अल्जाइमर रोग हुने चिकित्सा विज्ञानको ठहर छ । अल्जाइमर रोग क्रमिकरूपमा बढ्दै जाँदा निको हुन निकै कठिन हुने रूप धारण गर्न पुग्छ ।

यस वर्षको अल्जाइमर चेतना दिवसको नारा डिमेन्सिया रोगबारे चर्चा गरौँरहेको छ । यसको अर्थ यो रोगबारे खुलेर कुरा गरौँ र रोगीलाई सबैले सहयोग गरौँ भन्ने हो ।

हाम्रो मस्तिष्कमा हुने असंख्य स्नायुकोषहरू उमेर ढल्किँदै जाँदा क्रमशः ह्रास हुँदै जानु स्वाभाविकै हो । यसकारणले अलिअलि विस्मृति हुनु पनि अस्वाभाविक मानिँदैन । तर, यस रोगले च्याप्दै गएपछि धेरै कुरा बिर्सने अवस्था सिर्जना हुन्छ र जीवनमा समस्या पैदा हुन पुग्छ भन्ने तथ्य अध्ययनले पुष्टि गरेको छ ।

यसले सोच्ने, सम्झिने, निर्णय गर्ने तथा दैनिक गर्नुपर्ने कामको क्षमतामा निकै असर पार्छ । हाम्रो समाजमा यो एक प्रकारको रोग हो भन्ने ज्ञान परिवारका मानिसलाई नहुँदा, बुढो मात्तियो, बुढी बौलाई भन्नेजस्ता आरोप लगाउने गरेको पाइन्छ । रोगीको बानी बदलिन्छ । यसलाई परिवारका सदस्यले झण्झट मान्न थाल्दछन् । क्रमशः समाज र पेशाविद् समूहमा यस्ता व्यक्ति समस्याका रूपमा देखिएको अनुभूत हुन्छ ।

हामी सबैले यस्तो समस्यायुक्त व्यक्तिसँग अतिरिक्त आदरभावका साथ व्यवहार गर्नुपर्छ । उनले बिर्सिएको कुरा सम्झाइदिएर सहयोग गर्नुपर्छ । बिर्सिनु एउटा रोग हो भन्ने हेक्का राख्नुपर्छ । यस वर्षको अल्जाइमर चेतना दिवसको नारा ‘डिमेन्सिया रोगबारे चर्चा गरौँ’ रहेको छ । यसको अर्थ यो रोगबारे खुलेर कुरा गरौँ र रोगीलाई सबैले सहयोग गरौँ भन्ने हो ।

विशेषगरी, मानिसमा देखापर्ने निराशा, कुण्ठा, असन्तुष्टि र रिसले पनि सम्झिने शक्ति क्षिण हुँदै जान्छ । अल्जाइमर रोगको प्रमुख कारक तत्व भनेकै बढ्दो उमेर भएता पनि बुढ्यौलीको सामान्य प्रक्रिया भने होइन ।

अल्जाइमर रोग डिमेन्सिया अर्थात् बिर्सने रोग विस्मृतिको एउटा प्रकार हो । डिमेन्सिया अन्तर्गत अनेकौँ रोगहरू पर्छन् । जसमध्ये अल्जाइमर रोग तुलनात्मकरूपमा बढी मानिसमा देखिने गरेको पाइन्छ । एक अध्ययनअनुसार, हाल विश्वका करिब ६२ प्रतिशत ज्येष्ठ नागरिकहरू डिमेन्सियाबाट पीडित छन् । तीमध्ये करिब ६० देखि ८० प्रतिशत डिमेन्सिया पीडितहरूलाई अल्जाइमर रोगको लक्षण देखिएको छ ।

करिब ६५ वर्षको उमेरपछि प्रत्येक पाँच वर्षमा यो रोग लाग्ने सम्भावना दुई गुणाले बढ्दै जाने यस क्षेत्रका विज्ञहरूको ठहर छ । यसैगरी, ८५ वर्षको उमेर लागेपछि यो रोग लाग्ने सम्भावना ५० प्रतिशतले बढ्छ भन्ने निष्कर्ष पनि विज्ञहरूले प्रस्तुत गर्ने गरेका छन् ।

यस्तो बिर्सने रोग पुस्तौनी वा वंशाणुगत पनि हुनसक्छ । विशेषगरी, मानिसमा देखापर्ने निराशा, कुण्ठा, असन्तुष्टि र रिसले पनि सम्झिने शक्ति क्षिण हुँदै जान्छ । अल्जाइमर रोगको प्रमुख कारक तत्व भनेकै बढ्दो उमेर भएता पनि बुढ्यौलीको सामान्य प्रक्रिया भने होइन ।

हाल नेपालमा करिब ७८ हजार मानिस यस रोगले पीडित रहेको अनुमान छ । ज्येष्ठ नागरिकको कुल संख्याको ५ प्रतिशतमा यो रोग लाग्ने विश्वकै एक अध्ययनको निष्कर्ष रहेको छ । यो रोगबाट निको हुनेको संख्या निकै न्यून हुन्छ । रोग थप बढ्न नदिन हाल बजारमा आएका औषधिहरू विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम लिन सकिन्छ ।

अल्जाइमर रोगले मस्तिष्कको कार्यक्षमतामा तीव्र ह्रास गराँउछ । यसबाट बिरामीले १०–१५ वर्षभित्रै कसैलाई पनि नचिन्ने अवस्था सिर्जना हुनसक्छ । कसैकसैमा त श्रीमान्—श्रीमतीले नै एक—अर्कालाई नचिन्ने अवस्था समेत आउँछ । यसको भयावह पाटोको कल्पना गर्दा पनि मन काप्ने हुन्छ । यसका लक्षणको अवस्था प्रारम्भिक, मध्यम वा कडा कस्तो हो, सो एकिन गरी उपचार गर्नुपर्ने हुन्छ ।

यस रोगको प्रारम्भिक अवस्थामा सामान्य वस्तुहरूको नाम समेत बिर्सिने हुन्छ । दालको प्रकार, पाउरोटी, लौरो जस्तो दैनिक जीवनमा प्रयोगमा आइरहेका वस्तुको नाम भन्न नसक्ने अवस्था देखापर्छ । घरव्यहारमा परिवारजनले आग्रह गरेको मामुली घरायसी काम गर्नसमेत बिर्सिएर गर्न नसक्ने अवस्था आउँछ । यसबाट परिवारका सदस्य रिसाउँछन् ।

हरेक मानिसको केही न केही विषयमा विशेष रुचि हुन्छ । यो रोग लागेपछि भने आफ्नो रुचि भएको क्रियाकलापमा पनि चाख नलिने स्वभाव देखापर्छ । कुन समयमा कुन पोशाक लगाउने भन्ने पनि हेक्का रहँदैन । यो अवस्था यस रोगको प्रमुख लक्षण हो ।

गीतसङ्गीत सुन्ने, योग व्यायाम गर्ने, ध्यान गर्नेजस्ता क्रियाकलापमा प्रोत्साहित गर्नुपर्छ । यस्ता व्यक्ति घरबाहिर जाँदा परिवारका सदस्यहरूको नाम र ठेगाना समेत खुल्ने गरी निजको खल्तीमा राखिदिनुपर्छ ।

रोगको सामान्य अवस्था हुँदा नै परिवारका सदस्य र स्याहारकर्ताले विशेष सहयोग गर्नुपर्छ । सामान्यतः विस्मृतिका अरू कारण पनि हुन्छन् । उनीहरूलाई उत्प्रेरित गरिरहनु पर्छ । उनीहरूले प्रयोग गर्ने वस्तुहरू यथास्थानमा राखिदिनुपर्छ । उनीहरूलाई आफ्ना साथीहसँग भेटघाटको वातावरण मिलाइदिनु पर्छ । गीतसङ्गीत सुन्ने, योग व्यायाम गर्ने, ध्यान गर्नेजस्ता क्रियाकलापमा प्रोत्साहित गर्नुपर्छ । यस्ता व्यक्ति घरबाहिर जाँदा परिवारका सदस्यहरूको नाम र ठेगाना समेत खुल्ने गरी निजको खल्तीमा राखिदिनुपर्छ ।

यो रोग मध्यम तहमा पुगेपछि आफ्ना अन्तरङ्ग मित्रहरूको नाम र परिवारका सदस्यका नामसमेत बिर्सने अवस्था आउँछ । यस अवस्थामा रोगी भौँतारिने र बाटो बिर्सने हुन्छ । आफ्नो दिनचर्याका काम गर्न नसक्ने अवस्था आउँछ । कतिले त आफ्नो कपडा लगाउन नसक्ने, दाँत माझ्न पनि नसक्नेसम्मको अवस्था देखापर्छ ।

साथै, नभएको कुरा सुन्ने (श्रवण विभ्रम) र नभएका कुरा देख्ने (दृष्टि विभ्रम) समेत हुन्छ । यसबाट मिथ्या विश्वास र भ्रान्ति हुन्छ । डोरीलाई सर्प ठान्ने अवस्था आउँछ । यस्तो अवस्थामा परिवारका सदस्य र स्याहारकर्ताले सावधानीपूर्वक बिरामीलाई साथ दिनुपर्छ । सामान्यतः शौचालयमा राम्रो प्रकाशयुक्त वातावरण बनाइदिनुपर्छ । नचिप्लने चप्पल र सुरक्षित भर्‍याङको प्रबन्ध गर्नुपर्छ । तातो र चिसो पानी आउने धाराको प्रयोगमा सावधानी अपनाउनुपर्छ ।

यो रोगले च्यापेपछि स्मृति पूरै गुमाउने अवस्था आउँछ । यस अवस्थामा परिवारको सदस्यलाई पनि नचिन्ने हुन्छ । यस्ता व्यक्तिलाई शब्दको कुनै अर्थ रहँदैन । बोल्न पनि गाह्रो हुन्छ । खाना निल्न पनि गाह्रो हुन्छ । साहै्र दुःखदायी कुरा, आफ्नो दिसापिसाबमा पनि नियन्त्रण रहँदैन । रोगी मानिस ओच्छ्यान पर्छ । यस अवस्थामा परिवारका सदस्य र स्याहारकर्ताले निकै मिहिनेतपूर्वक बिरामीको रेखदेख गर्नुपर्ने हुन्छ ।

अल्जाइमरको बिरामीलाई आफूलाई भने कुनै पीडा बोध हुँदैन तर परिवारका सदस्यले दुःख भोग्नुपर्ने हुन्छ । अल्जाइमर रोग जसलाई पनि लाग्न सक्छ । यसले धनीगरिब भन्दैन, न सुन्दर वा कुरूप । यो रोगले निर्बल वा बलशाली, उच्च पदस्थ वा सामान्य मानिस, विद्वान् वा अनपढ जसलाई पनि आफ्नो शिकार बनाउन सक्छ ।

सन्तुलित आहार लिनुपर्छ । मदिरा सेवन गर्नु हुँदैन । धुम्रपान गर्नु हुँदैन । प्रशस्त पानी पिउनुपर्छ । खनिजयुक्त पोषिलो खाना खानुपर्छ । नियमितरूपमा स्वास्थ्य परीक्षण गराउनुपर्छ ।

अल्जाइमर रोग पत्ता लागेको शताब्दी बितिसक्दा पनि यो रोग निको पार्न सक्ने कुनै औषधि आविष्कार भएको छैन । यसर्थ, हामी सबैले यो रोग लाग्ने सम्भावना कम गर्न सकिने उपायको पहिचान गरी होसियारी अपनाउनु नै सर्वाधिक बुद्धिमानी हुनेछ ।

प्रत्येक मानिस शारीरिकरूपमा दुरुस्त रहनुपर्छ । यसका लागि नियमित व्यायम र योग गर्नुपर्छ । सधैँ शान्त र प्रफुल्ल रहने कोशिस गर्नुपर्छ । आफ्नो शरीरलाई आवश्यक पर्नेजति समय सुत्नुपर्छ । श्वासप्रश्वास प्रणालीमा ख्याल गर्नुपर्छ । सन्तुलित आहार लिनुपर्छ । मदिरा सेवन गर्नु हुँदैन । धुम्रपान गर्नु हुँदैन । प्रशस्त पानी पिउनुपर्छ । खनिजयुक्त पोषिलो खाना खानुपर्छ । नियमितरूपमा स्वास्थ्य परीक्षण गराउनुपर्छ ।

हामीलाई विश्व अल्जाइमर चेतना दिवसले दिने सन्देश यही हो । यसतर्फ हामी सबैको ध्यान जाओस् । सबैमा सुस्वास्थ्यको शुभकामना ।

 

 

 


भर्खर

0